काठमाडौं ।
यदि तपाइँ केहि समय पहिले युट्युब चलाउँदा समस्याको सामना गर्नुभएको थियो भने, यो तपाइँको इन्टरनेट सेवा प्रदायकको दोष होइन। सोही समय विश्वभर हजारौंले युट्युबले काम नगरेको गुनासो गरेका थिए, त्यसपछि कम्पनीले त्यसको ध्यानाकर्षण भएको भन्दै त्यसलाई ठीक पनि गरेको थियो।
युट्युबले डिसेम्बर १५ बुधबार बिहान पौने ५ बजे ट्विटरमा पोस्ट गर्यो र उनीहरूले प्लेटफर्ममा बग फिक्स गरेको बताएको थियो। युट्युबले भन्यो, “यदि तपाईलाई युट्युब पहुँच गर्न समस्या भइरहेको थियो वा आज ढिलो भएको अनुभव गरिहनुभएको थियो भने, यो सच्याइएको छ।”
यो समस्या रिपोर्ट गर्ने प्रयोगकर्ताहरूलाई धन्यवाद दिँदै युट्युबले यो समस्या लगभग २० मिनेटसम्म प्लेटफर्ममा रहेको बताएको छ।
डाउनडिटेक्टरको अनुसार, १९ हजार भन्दा बढी मानिसहरूले युट्युब पहुँच गर्न समस्या भएको रिपोर्ट गरेका थिए। यो प्लेटफर्मले इन्टरनेटमा सेवा आउटेजहरू निगरानी गर्दछ।
यसअघि पनि धेरै पटक युट्युब डाउन भइसकेको छ। युट्युबले पछिल्लो १२ महिनामा ६५ वटा आउटेज केसहरू देखेको छ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार