
काठमाडौं ।
काठमाडौं, असार २३ । सामसंग इलेक्ट्रोनिक्सले विश्व बजारमा पहिलो पटक रिमूभेवल मेमोरी कार्ड सार्वजनिक गरेको छ । एडभान्स मेमोरी टेक्नोलोजीमा अग्रणी कम्पनी सामसंग इलेक्ट्रोनिक्सले जेईडिईसी (JEDEC) यूनिर्भसल फ्ल्याश स्टोरज (UFS) १.० कार्ड एक्सटेन्सन स्ट्याडण्र्डमा आधारित रिमूभेवल मेमोरी कार्डहरु ल्याएको हो ।
कम्पनीले सार्वजनिक गरेको रिमूभेवल मेमोरी कार्डहरु विशेष गरि हाई रिजोल्यूशन मोबाइल शुटिंग डिभाइसमा प्रयोग गर्ने गरिन्छ । यो डिएसएलआरहरु, थ्रीडी भीआर क्यामराहरु, एक्सन क्याम तथा ड्रोनहरुमा प्रयोग गर्न सकिन्छ । यो मेमोरी कार्ड ३२ जीबी, ६४ जीबी, १२८ जीबी र २५६ जीबीको श्रेणीमा उपलब्ध हुनेछ ।
सार्वजनिक गरिएका यूएफएस कार्डहरुले एक्टर्नल मेमोरी स्टोरेज बजारमा सकारात्मक कार्यदक्षता बढाउने अपेक्षा गरिएको छ ।
सामसंगको नयाँ २५६ जीबीको यूएफएस रिमूभेवल मेमोरी कार्डले यूजर्सलाई नयाँ अनुभव दिनेछ, विशेषगरि थ्रीडी गेमिंग र हाई रिजोल्यूशन मूभी प्ले-ब्याकमा उपयोग हुनेछ । यो कार्डले परम्परागत माइक्रो एसडी कार्डको (microSD) तुलनामा ५ गुणा द्रूत गतिमा डाटा रिड गर्न सक्ने क्षमता राख्दछ, जसले ५३० एमबी प्रति सेकेण्डमा डाटा रिड गर्दछ । नयाँ कार्डको सहयोगमा प्रयोगकर्ताले ५ जीबीको फूल एचडी मुभि करिब १० सेकेण्डमा रिड गर्न सक्दछ, जुन सामान्य माईक्रो एसडी कार्डको तुलनामा उच्च हो ।
त्यस्तै २५६ जीबीको यूएफएस कार्डले राईटिंगको मामलामा सामान्य माइक्रो एसडी कार्डको तुलनामा ३५० गुणा छिटो डाटा राईट गर्दछ ।
सामसंगले सार्वजनिक गरेको यूएफएस कार्ड हेर्दा माइक्रोएसडी कार्ड जस्तै देखिएपनि यसका भएका फिन्सहरु पूर्णरुपमा फरक आकारमा रहेका छन् । यसमा भएका कनेक्टरहरु पनि पूर्णरुपमा फरक स्थानमा रहेका छन् । सबैभन्दा महत्वपूर्ण विषय भनेको हालसम्म यूएफएस मेमोरि कार्ड सपोर्ट गर्ने कुनै डिभाइस हालसम्म बजारमा उपलब्ध छैनन् भने हाल माइक्रोएसडी कार्ड सपोर्ट गर्ने डिभाइसमा यो प्रविधि प्रयोग छैन् ।
हाल यूएफएस कार्ड प्रयोगयुक्त डिभाइस बजारमा नभएपनि आगामी वर्षहरुमा अन्य कम्पनी र ब्राण्डले यहि गुणस्तर अपनाएसँगै आउने अनुमान गर्न सकिन्छ ।
प्रकाशित: २३ असार २०७३, बिहीबार