ह्वावेले ब्रुकलिनसँग विज्ञापन सम्झौता गर्यो, डेभिड बेकह्यामका छोराले ब्राण्ड प्रबद्र्धन गर्ने

  • Technology Khabar | २३ असार २०७३, बिहीबार
ह्वावेले ब्रुकलिनसँग विज्ञापन सम्झौता गर्यो, डेभिड बेकह्यामका छोराले ब्राण्ड प्रबद्र्धन गर्ने

काठमाडौं ।

काठमाडौं, २३ असार । चीनियाँ मोबाइल ब्राण्ड ह्वावेले (Huawei) आफ्नो ब्राण्डको प्रबद्र्धन गर्नका लागि ब्रुकलिन बेकह्यामलाई (Brooklyn Beckham) छनौट गरेको छ । ह्वावेले ब्रुकलिनलाई करिब १ लाख पाउण्डमा फोनको विज्ञापनका लागि सम्झौता गरेको बताईएको छ ।

ह्वावेले ब्रुकलिनसहितको विज्ञापन यहि मंगलवार छायाँकन गरेको बताईएको छ । दि सन पत्रिकाकालाई स्रोतले भनेअनुसार ह्वावेले ब्रुकलिनलाई लिनुमा उनि युवा रहेको र उनको उमेर समूहका लागि रोल मोडल र राम्रो प्रस्तुतकर्ता हुनसक्ने भएकोले लिएको हो ।Huawei_Brooklyn

उनीसँग लाखौं फलोअरहरु सामाजिक संजालमा रहेको र यो युवाहरुसँग सहभागीहुने राम्रो मौका भएको बताईएको छ ।

ब्रुकलिन बेकह्यामलाई ह्वावेले विश्व बजारमा प्रस्तुत गर्ने अनुमान गरिएको छ । यसअघि कम्पनीले फुटबर स्टार लियोन मेस्सीलाई ब्राण्ड एम्बेसडरको रुपमा ६० लाख अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । तर कम्पनीका ब्राण्ड एम्बेस्डर मेस्सी हालै कर छलीको मुद्धामा समस्यामा रहेका छन् ।

विश्व प्रख्यात फुटबलर डेभिड बेकह्याम तथा चर्चित मोडल भिक्टोरिया बेकह्यामका छोरा ब्रुकलिन बेकह्याम हाल १७ वर्षका रहेका छन् ।

उनलाई ह्वावेले विज्ञापन सम्झौता गरेर यूरोप तथा विश्व बजारमा यूवाहरुलाई फोन प्रति आकर्षित गर्ने अनुमान गरिएको छ ।

स्रोत माध्यम

प्रकाशित: २३ असार २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार