
काठमाडौं ।
काठमाडौं, असार २३ । एनसेलले लबिम मल, पुल्चोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ । ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप खोलिएको उक्त शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवाहरु, त्यसका बारेमा जानकारीहरु र प्रतिस्पर्धि बजार मुल्यमा मोबाईल सेटहरु खरिद गर्न सक्नेछन् ।
एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्स्ले बुधबार एक कार्यक्रम बिच लबिम मल स्थित एनसेल शपको उद्घाटन गरे । त्यस्तै एक छुट्टै कार्यक्रम माझ बालाजु चोकमा रहेको एनसेल शपको उद्घाटन कम्पनीका रिजनल अपरेसन निर्देशक आइबेक माखाबेतोभले गरेका थिए । नयाँ एनसेल शपको संचालनसँगै उक्त क्षेत्रका ग्राहकहरुले अब यी एनसेल शपबाट एनसेलका सेवा सुविधाहरु सजिलै लिन सक्नेछन् र विभिन्न ब्राण्डका मोबाईल सेटहरु सजिलै खरिद गर्न सक्ने बताईएको छ ।
“धेरै भन्दा धेरै ग्राहक माझ एनसेलको सेवा र सुविधाको पहुँच सहज बनाउने योजना अनुरुप एनसेल शपहरु खेलिएको हो,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । “ग्राहक अनुभवलाई अझ परिस्कृत गर्दै लग्नका लागि अन्य क्षेत्रमा पनि यस्तै एनसेल शप खोल्ने योजनामा छौ ।”
ग्राहकले एनसेल शपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, ईन्टरनेट तथा एमएमएस सेटिङ्, ट्यारिफ परिवर्तन तथा सियुजी सेवा परिमार्जन गर्न सक्नेछन् । यसका साथै ग्राहकले एनसेलका सेवा सुविधाको बारेमा सोधपुछ गर्न, रिचार्ज कार्ड खरिद गर्न, ब्यालेन्स ट्रान्सफर र अन्य सुविधा पनि लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २३ असार २०७३, बिहीबार