
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को कार्तिक महिनामा क्यूआर कोडमार्फत ५ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।
यो आँकडा असोज महिनामा ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबर रहेको थियो।
यसरी हेर्दा असोज मसान्तदेखि कार्तिक मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत् हुने कारोबार रकममा ७३ करोड ५० लाख रुपैयाँले गिरावट आएको देखिन्छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार असोज मसान्तदेखि कार्तिक मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्या १ लाख २७ हजार ७४५ ले घटेको छ।
एक महिना असोज मसान्तसम्ममा यो कारोबारको संख्या १५ लाख १५ हजार ३२९ रहेको थियो। यो आँकडा कार्तिक मसान्तमा आइपुग्दा १३ लाख ८७ हजार ५८४ मा झरेको छ।
कारोबार सङ्ख्या घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ।
असोज महिनामा क्यूआर कोडमार्फत् ५ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार भएकामा भदाै मसान्त सम्मको एक महिनामा यो रकम उल्लेख्य परिमाणमा बढेर ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँमा पुगेको हो ।
तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा ८० करोड १० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार