
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई फेसबुकमार्फत बधाई दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा अन्य व्यक्तिहरुले कमेन्ट गर्न नमिल्नेगरी तस्विर पोस्ट राखेर देउवालाई बधाई दिएका हुन्।
यसअघि सभापतिको उम्मेदवार रहेका सिंहले दोस्रो चरणको निर्वाचन हुनुअघि देउवालाई समर्थन गरेका थिए।
उनले यसअघिका अन्य सबै फेसबुक पोस्टहरुमा कमेन्ट गर्न सकिने गरि राखिएपनि उनले सो बधाई पोस्टमा भने कमेन्टलाई रोक लगाएका हुन् ।
फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्ना पोस्टहरुमा कस्ले कमेन्ट गर्नसक्छ भनेर कस्टमाइज गर्ने सुबिधा दिएको छ । सोही सुबिधाअनुसार उनले आफ्नो पोस्ट गरेका हुन् ।
उनको पोस्टमा लाइक, लभ, हेट, एंगर, स्याड लगायतका सिधा प्रतिकृया दिन सकिने भएपनि कमेन्ट पोस्ट गर्न सकिँदैन् ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार