त्रिभुवन विश्वविद्यालयको ब्याचलर इन कम्प्युटर एप्लिकेसन विषयमा भर्ना खुल्यो

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
त्रिभुवन विश्वविद्यालयको ब्याचलर इन कम्प्युटर एप्लिकेसन विषयमा भर्ना खुल्यो

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले कम्प्युटर एप्लिकेसनमा स्नातक तहमा भर्ना खुलाएको छ । विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तरगत डिनको कार्यालयले ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बिसिए)मा २०७८ शैक्षिक सत्रका लागि भर्ना खुलाएको हो।

सो विषय अध्यनन गर्न चाहने विद्यार्थीले १० जोड २ वा पिसिएल वा सो स्तरमा कम्तिमा दोस्रो डिभिजन ल्याएको हुनुपर्नेछ भने ११ र १२ दुबै कक्षाका सबै विषयहरुमा न्यूनतम डि प्लस ग्रेड हासिल गरेको हुनुपर्नेछ। भने सिपिजीए २.० हुनुपर्ने मापदण्ड तोकिएको छ ।

ब्याचलर्स इन कम्प्युटर एप्लिकेसनमा यहि मंसिर २० गतेदेखि पुस २२ गतेसम्म भर्ना हुनका लागि आवेदन दिईसक्नुपर्नेछ।

यसका लागि विश्वविद्यालयको अनलाइन प्रणाली https://www.tufohss.edu.np/ मा गएर इच्छुक विद्यार्थीहरुले अनलाइन आवेदन भर्न र प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन् ।

यसका साथै सम्बन्धित कलेजहरुले विद्यार्थीहरुलाई १५ सय प्रवेश परीक्षा शुल्क लिई सहभागी गराउन सक्ने बताईएको छ।

ब्याचलर इन कम्प्युटर एप्लिकेसन विषयको लिखित प्रवेश परीक्षा भने आगामी माघ ८ गतेका लागि तोकिएको छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार