पनौतीमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
पनौतीमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं ।

नेपाल बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिबार हिमालय मावि खोपासीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा पनौती नगरपालिका मेयर भिम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको संस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाइ डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिए।

साथै त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयां कार्यक्रमहरु संचालन गर्दै जाने विश्वास पनि उहांले ब्यक्त गरेका थिए । त्यसै गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराएका थिए।

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार