यो वर्ष वैश्विक स्मार्टफोन शिपमेन्ट ५.३ प्रतिशतले बढ्ने: आईडीसी

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
यो वर्ष वैश्विक स्मार्टफोन शिपमेन्ट ५.३ प्रतिशतले बढ्ने: आईडीसी

काठमाडौं ।

यो वर्ष अर्थात् सन् २०२१ मा वैश्विक स्मार्टफोन शिपमेन्ट वार्षिक हिसाबले ५.३ प्रतिशतले बढ्ने भएको छ।

हालै अन्तरराष्ट्रिय डाटा नियोग आईडीसीले गरेको प्रक्षेपणमा यो आँकडा उल्लेख गरिएको छ।

रिपोर्टमा बजार अनुसन्धान संस्था आईडीसीले यो वर्षको अन्त्यसम्ममा विश्वभरमा १ अर्ब ३५ करोड स्मार्टफोन शिपमेन्ट हुने अनुमानित आँकडा दिइएको छ।

कोरोनाका कारण भएको आपूर्ति श्रृङ्खलामा समस्या र वैश्विक चिप अभावका बावजूद यो आँकडा छुने र फोरजीका सामग्रीको अभावका कारण फाइभजी स्मार्टफोनले आगामी सन् २०२२ को अन्त्यसम्ममा ६० प्रतिशत हिस्सा ओगट्दै विश्व बजारमा केन्द्रमा रहने पनि रिपोर्टमा उल्लेख गरिएको छ।

वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकरका अनुसार आईडीसीले तेस्रो त्रैमासको अप्रत्याशित कम बिक्री तथा निरन्तरको पार्टपुर्जाको अभावका आधारमा सन् २०२१ र २०२२ का लागि आफ्नो प्रक्षेपणको आँकडा कम गरेको हो। यसका अनुसार वैश्विक अभावको स्थिति सन् २०२२ सम्ममा पनि सुध्रिने देखिएको छैन।

आईडीसीले पनि आफूले यो वर्षका लागि वैश्विक स्मार्टफोन शिपमेन्टको आँकडा ७.४ बाट घटाएर ५.३ तथा सन् २०२२ का लागि ३.४ बाट घटाएर ३ प्रतिशतमा झारेको पुष्टि गरेको छ।

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार