
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल र कम्पोनेन्ट निर्माता सेरेस (SERES) ले आफ्नो नयाँ हाई इण्ड इनर्जी भेहिकल ब्रान्ड एआईटीओ (AITO) साथै इलेक्ट्रिक ड्राइभ विस्तारित दायरा प्लेटफर्म डिइआईको सुरुवातको घोषणा गरेको छ।
द्रुत रूपमा बढ्दै गइरहेको इभी बजारमा, ब्रान्डले चीनमा टेस्ला जस्ता लोकप्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्नेछ। यस ब्रान्डलाई ह्वावेको प्रविधिले बलियो बनाइनेछ।
नयाँ कारको प्रमुख विशेषताहरू मध्ये एक ह्वावेको स्वामित्वको अपरेटिङ सिस्टम, हार्मोनीओएसको उपस्थिति हो। यो हार्मोनीओएस प्रणाली भएको यो पहिलो इलेक्ट्रिक कार हुनेछ।
गीज्मोचाइनाको रिपोर्ट अनुसार, इभीले हार्मोनीओएस स्मार्ट ककपिट फिचर गर्नेछ, जसले चीनका प्रयोगकर्ताहरूलाई हाई इण्डको स्मार्ट कार अनुभव प्रदान गर्नेछ। ह्वावे टेक्नोलोजीजका सिईओ यू चेङ्गदोङ्गले बताएअनुसार कम्पनीको कोर टेक्नोलोजी, ३० वर्ष भन्दा बढी अनुभवको आधारमा विकसित भएको छ, जसले एआईटीओ को मध्यम आकारको लक्जरी एसयूभीलाई शक्ति प्रदान गर्नेछ।
सेरेस एआईटीओ यस महिनाको अन्त्यमा चीनमा लन्च हुनेछ। यो विद्युतीय एसयूभीले ४ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्नेछ। नयाँ डिइआई प्लेटफर्ममा “एन्ड्यूरेन्स” मोडमा, यो १ हजार किलोमिटर भन्दा बढीको समग्र रेन्ज हुन सक्छ।
ह्वावेले पनि यसबाट वृद्धिको नयाँ स्रोत पाउने सम्भावना छ । ह्वावेको नेटवर्किङ उपकरण र स्मार्टफोन व्यापार अमेरिकामा प्रतिबन्धित छ। सेरेसले खुलासा गरेअनुसार एआटीओ एसयूभीमा ह्वावेको फोरडी इमेजिङ राडार र फाइभजी कनेक्टिभिटी जस्ता स्मार्ट टेक्नोलोजीहरू पनि हुनेछन्।
तर, यो गाडीको स्पेसिफिकेशन र मूल्य भने अझै बाहिर आएको छैन्। यो इभी छिट्टै घोषणा हुन सक्छ । यो गाडीले चिनियाँ बजारमा राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार