एप्पलद्वारा २०२१ का लागि एप स्टोर अवार्ड विजेताको घोषणा, को को परे उत्कृष्टमा?

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
एप्पलद्वारा २०२१ का लागि एप स्टोर अवार्ड विजेताको घोषणा, को को परे उत्कृष्टमा?

काठमाडौं ।

एप्पलले २०२१ एप स्टोर अवार्ड विजेताहरुको सूची सार्वजनिक गरेको छ।

अवार्डका विजेताहरुको चयन एप्पलको ग्लोबल एप स्टोर सम्पादकीय टोलीले बिहीबार गरेको हो।

कार्यक्रममा एप्पलका सीईओ टिम कूकले मोबाइल एपहरुले विगतका वर्षहरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘२०२१ मा एप स्टोर अवार्ड जित्ने डेभलपरहरुले वर्षका सर्वोत्कृष्ट एप तथा गेम बनाउन आफ्ना लगाव र दूरदृष्टि प्रयोग गरेका छन्, यसबाट विश्वका लाखैं यूजरहरुको सिर्जनशीलता र पारख झल्किएको छ’, कूकले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘२०२१ मा एप स्टोर अवार्ड जित्ने डेभलपरहरुले वर्षका सर्वोत्कृष्ट एप तथा गेम बनाउन आफ्ना लगाव र दूरदृष्टि प्रयोग गरेका छन्, यसबाट विश्वका लाखैं यूजरहरुको सिर्जनशीलता र पारख झल्किएको छ’, कूकले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आफैंले सिकेर कोडिङ गर्नेहरुदेखि वैश्विक बजारमा व्यवसाय गर्नेहरुसम्मका यी निर्माताहरुले एप्पलको प्रविधिमार्फत् नवीन सुविधाहरु बनाएर यो वर्ष सबैलाई आवश्यक एकताको भावना विकास गर्न सक्षम भएको पनि बताए।

यस्ता छन् विजेता:

उत्कृष्ट एपहरु

१. आईफोन एप अफ द ईयर

टोका लाइफ वर्ल्ड

डेभलपर – टोका बोका

२.आईप्याड एप अफ द इयर

लुमाफ्युजन

डेभलपर – लुमाटच

३. म्याक एप अफ द इयर

क्राफ्ट

डेभलपर – लुकि ल्याब्स लिमिटेड

४. एप्पल टीभी एप अफ द इयर

डीएजेडएन

डेभलपर – डीएजेडएन ग्रुप

५. एप्पल वाच एप अफ द इयर

क्यारट वेदर

डेभलपर – ग्रेलआर

गेमहरु

६. आईफोन गेम अफ द ईयर

वाइल्ड रिफ्ट

डेभलपर – रायट गेम्स

७. आईप्याड गेम अफ द ईयर

मार्भल फ्युचर रेभोल्युशन

डेभलपर – नेटमार्बल कर्पोरेशन

८. म्याक गेम अफ द ईयर

मिस्ट

डेभलपर – क्यान

९. एप्पल टीभी गेम अफ द ईयर

स्पेस मार्शल्स ३

डेभलपर – पिक्सेलबाइट

१०. एप्पल आर्केड गेम अफ द ईयर

फेन्टासियन

डेभलपर – मिस्टवाकर

अन्य एपहरु

११. अमङ अस

डेभलपर – इनर स्लथ

१२. बम्बल

डेभलपर – बम्बल इंक

१३. क्यान्भा

डेभलपर – क्यान्भा

१४. इटओक्रा

डेभलपर – एन्थोनी एडवार्ड्स जुनियर र ज्यानिक एडवार्ड्स

१५. पिनट

डेभलपर – पिनट एप लिमिटेड

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार