ताजा समाचार

नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन २०२१’ प्रदर्शनी सम्पन्न, २० हजार भन्दा धेरैले अवलोकन गरे

नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन २०२१’ प्रदर्शनी सम्पन्न, २० हजार भन्दा धेरैले अवलोकन गरे
Global IME Bank

अन्तरीक्ष सम्बन्धि गतिविधि र नेपाली युवाहरुले त्यसको बारेमा गरेका कार्यहरुको जानकारी दिने उदेश्यले आयोजित ‘स्पेस टेक इनोभेसन २०२१’ प्रदर्शनी २० हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।

युथ फर नेशनद्धारा राजधानीको शंङ्खपार्कमा मंगलबार र बुधबार दुई दिन आयोजित प्रदर्शनीमा नेपाली युवा अनुसन्धानकर्मीहरुले तयार पारेको रकेट, स्याटेलाईट, अन्तरीक्ष एवं खगोल विज्ञानसँग सम्बन्धित उपकरणहरूका साथसाथै सफ्टवेयर र हार्डवेयरहरु राखिएका थिए।

कार्यक्रममा अन्तरीक्ष सम्बन्धि विज्ञान र प्रविधि सम्बन्धि चासो राख्ने संघसंस्थाका प्रतिनिधि सहित राजधानीका २ दर्जन भन्दा धेरै सामुदायिक एवं निजी स्कुल कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Sajilo Visa
easy care