क्रिप्टोकरेन्सी संस्थाका कार्यकारीहरुलाई अमेरिकी कंग्रेसले सोधपूछ गर्ने

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
क्रिप्टोकरेन्सी संस्थाका कार्यकारीहरुलाई अमेरिकी कंग्रेसले सोधपूछ गर्ने

काठमाडौं ।

मुख्य क्रिप्टोकरेन्सी संस्थाका कार्यकारीहरुलाई अमेरिकी कंग्रेसले आगामी डिसेम्बर ८ का दिन सोधपूछका लागि बोलाएको छ।

उक्त सोधपूछका बेला बोलाइएका अन्य साक्षीहरुमा क्वाइनबेसका एलेसिया हास, सर्कलका जेरेमी अलायर तथा बिटफ्युरीका ब्रायन ब्रूक्स रहेका छन्।

विवादास्पद् क्षेत्रका कम्पनीहरुलाई जवाफ दिनका लागि बोलाइएको यो पहिलो पटक हो। अमेरिकी राजनीतिज्ञहररुले क्रिप्टोकरेन्सीका बारेमा निकै आलोचना गर्दै आइरहेका छन्।

यसैगरी डेमोक्रेटिक पार्टीका एलिजाबेथ वारेनले डोनाल्ड ट्रम्पले ‘स्क्याम’ वा प्रकरणका रुपमा व्याख्या गरेको यो क्षेत्रमा अझ कडाइका साथ नियमन गरिनुपर्ने अभिव्यक्ति दिएका छन्।

बिटफ्युरीका ब्रूक्स यसअघि ट्रम्प प्रशासनका बेला उच्च बैंकिङ नियामकका रुपमा काम गर्ने र क्रिप्टोकरेन्सीसम्बन्धी नीति निर्माणमा संलग्न हुने गरेको बीबीसीले उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सी डिजिटल मुद्रा हुन् जसलाई विनिमयका लागि प्रयोग गर्न सकिन्छ। यिनीहरुलाई अनलाइन ‘डिजिटल वालेट’ मा स्टोर गरिन्छ र लगानी तथा सुरक्षणका क्षेत्रमा प्रयोग गरिन्छ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • १६ मंसिर २०७८, बिहीबार