आईफोन १३ लाइनअपको माग घटेको एप्पलद्वारा आपूर्तिकर्तालाई जानकारी

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
आईफोन १३ लाइनअपको माग घटेको एप्पलद्वारा आपूर्तिकर्तालाई जानकारी
आईफोन १३ सिरिज

काठमाडौं ।

एप्पलले आईफोन १३ को माग घट्दै गएको आफ्ना विक्रेताहरुलाई जानकारी दिएको छ। केही समयअघिसम्म वैश्विक चिप अभावको समस्या भोग्दै आएको कम्पनीले अब अर्को खालको समस्या भोग्नुपर्ने भएको हो।

कम्पनीले आफ्ना पार्टपुर्जा आपूर्तिकर्तालाई आईफोन १३ लाइन अपको माग घटेको जानकारी दिएको यस मामिलासँग जानकार स्रोतले बताएको बिजनेस इन्साइडरले जनाएको छ।

यसबाट कम्पनीले निकै माग भएको यो डिभाइस पाउने आशा मारेर अब उपभोक्ताहरु अरु डिभाइसतिर लागेको संकेत गरेको छ।

यसअघि एप्पलले पार्टपुर्जा अभावका कारण यस वर्षका लागि आफ्नो आईफोन १३ उत्पादनमा १ करोड थानले कटोति गर्ने निर्णय गरेको थियो।

कम्पनीले आगामी वर्ष पार्टपुर्जाको उपलब्धता बढ्ने र त्यतिबेला बढी उत्पादन गर्ने अपेक्षा गरेकोमा अब भने नयाँ अर्डर नदिइने जानकारी आपूर्तिकर्ताहरुलाई दिएको हो।

कम्पनी अझै पनि बिदाको सिजनमा कीर्तिमानी व्यापार गर्नेतर्फ लागिरहेको र विश्लेषकहरुले पनि एप्पलको व्यापारमा अन्तिम त्रैमासमा ६ प्रतिशतले वृद्धि भएर ११७.९ अर्ब डलर पुग्ने आकलन गरेका छन्।

तर यस अघि वाल स्ट्रीटले प्रक्षेपण गरे झैं यो त्रैमास कम्पनीका लागि सबैभन्दा उत्कृष्ट नहुने प्रस्ट भएको छ।

पार्ट पुर्जा अभाव र उत्पादनमा ढिलाइका कारण डेलिभरीमा पनि ढिलाइ हुने र मुद्रास्फीति तथा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि क्रेताहरुमा नकारात्मक प्रभाव पार्नसक्ने आकलन गरिएको छ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • १६ मंसिर २०७८, बिहीबार