स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त मोटोरोला एज एक्स३० डिसेम्बर ९ मा आउने

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त मोटोरोला एज एक्स३० डिसेम्बर ९ मा आउने

काठमाडौं ।

मोटोरोलाले आफ्नो नयाँ स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त स्मार्टफोन आगामी डिसेम्बर ९ मा सार्वजनिक गर्ने भएको छ।

मंगलबार क्वालकमले आफ्नो आगामी फ्ल्यागशिप चिपसेटको घोषणा गरेपछि मोटोरोलाले उक्त ४ एनएम प्रोसेसमा बनेको पहिलो चिपसेटयुक्त स्मार्टफोन मोटोरोला एज एक्स३० ल्याउने आधिकारिक घोषणा गरेको हो।

मोटोरोलाले आफ्नो वेबो एकाउन्टमा एज एक्स३० आगामी डिसेम्बर ९ का दिन स्थानीय समयअनुसार बेलुकी साढे ७ बजे चीनमा सार्वजनिक गर्ने उल्लेख गरेको छ।

वेबोमा आएको उक्त टिजरमा स्थान र समय बाहेक उक्त डिभाइसका बारेमा केही विवरण उल्लेख गरेको छैन।

मोटोरोलाको यो स्मार्टफोनका बारेमा यो महिनाभरी नै चर्चा परिचर्चा भएका थिए। थ्रीसी सर्टिफिकेशनका आधारमा हेर्दा यो डिभाइसले ६८.२ वाट चार्जिङ सपोर्ट गर्ने र यसमा ५००० एमएएच क्षमताको ब्याट्री रहने बुझिएको छ।

अर्को एउटा लीकका अनुसार यसमा ६.६७ इन्चको एमोलेड स्क्रीन रहने र यसले एचडीआर+ सपोर्ट गर्नेछ। साथमा ६० मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा रहने र पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...