ओपोको आउँदै गरेको फोल्डेबल फोनको नाम फाइन्ड एन फाइभजी हुनसक्ने

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
ओपोको आउँदै गरेको फोल्डेबल फोनको नाम फाइन्ड एन फाइभजी हुनसक्ने

काठमाडौं ।

ओपोले छिट्टै ल्याउन लागेको फोल्डेबल फोनको नाम फाइन्ड एन फाइभजी रहने बुझिएको छ। पछिल्लो समय फोल्डेबल फोनहरुमा उपभोक्ताको आकर्षण रहेका कारण चिनियाँ स्मार्टफोन ब्रान्ड ‌ओपोले पनि यो क्षेत्रमा हात हाल्न लागेको बुझिएको छ।

हालै भरपर्दा लिकस्टर डिजिटल च्याट स्टेशनले आफ्नो वेबो एकाउन्टमा शेयर गरेका केही जानकारी अनुसार ओपोको उक्त फोनलाई ओपो फाइन्ड एन फाइभजी भनिनेछ।

उक्त पोस्टमा धेरै अघि आएको ओपोको एन सिरिजका फोनलाई समावेश गरिएको छ र यहाँ राखिएको फोटो सन् २०१४/१५ मा आएको ओपो एल३ को जस्तै देखिन्छ। यसमा मुख्य क्यामरालाई सेल्फीसमेत खिच्न मिल्ने गरी घुम्न सक्ने हिसाबले राखिएको छ।

उनले गरेको अर्को पोस्टमा ओपो फाइन्ड एन फाइभजीको डिस्प्ले फोल्डेबल रहेको र सेल्फीका लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स७६६ सेन्सर दिइने उल्लेख छ।

तर अर्को एउटा स्रोतको दावीलाई मान्ने हो भने ओपोको फोल्डेबल फोनमा ७.८ देखि ८ इन्चको ओएलईडी डिस्प्ले रहनेछ र यसको रेजोल्युशन २के तथा रिफ्रेश रेट १२० हर्ज हुनेछ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार