एनसेलको शर्ट कोड फेरियो, अब सबै पाँच अंकका

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
एनसेलको शर्ट कोड फेरियो, अब सबै पाँच अंकका

काठमाडौं ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाका शर्ट कोडहरु परिवर्तन भएका छन्।

सोमबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले विभिन्न निर्णयहरु गर्ने क्रममा एनसेलका हाल विद्यमान शर्टकोडहरु परिवर्तन गरी नयाँ कायम गर्ने आधिकारिक निर्णय गरेको हो।

उक्त निर्णयअनुसार एनसेलका हाल विद्यमान ३ र ४ अंकका सबै शर्टकोडहरुलाई परिवर्तन गरेर ५ अंकको बनाइएको छ।

यस्ता शर्टकोडहरु दूरुसञ्चार सेवा प्रदायकहरुले ग्राहकको सहजताका लागि आफ्ना विभिन्न सेवा तथा सुविधा प्राप्त गर्नका लागि डायल गर्न वा एसएमएस गर्नका लागि छुट्याएका हुन्छन्।

यस्तो छ पुरानो शर्ट कोड र त्यसको परिवर्तित स्वरुप:

क्र.सं.विद्यमान शर्ट कोडनयाँ शर्ट कोडप्रयोगको उद्देश्य
९००१७२०१सेल्फ केयर तथा कस्टमर सर्भिस
 २९००५१७२०२सेल्फ केयर तथा कस्टमर सर्भिस
९००७१७२०३पोस्टपेड ग्राहकका लागि सेल्फ केयर तथा कस्टमर सर्भिस
९००८१७२०४वायरफ्री/होमनेट सेवाका ग्राहकका लागि सेल्फ केयर तथा कस्टमर सर्भिस
९५९५१७२०५इन्टरनेट सेटिङका लागि आग्रह गर्ने
९००६१७२०६खुद्रा व्यापारीले सब्स्क्राइबरको नाम हेर्नका लागि
९९६६१७२०७सबै उपभोक्ताले आफूले प्रयोग गरेको सिम कसको नाममा छ भनेर हेर्नका लागि
९८९११७२०८खुद्रा व्यापारीले सब्सक्राइबरको नाम प्रमाणित गराउनका लागि
७८९९१७२०९कस्टमर सर्भिससँग कुरा गरेपछि जानकारी शेयर गर्नका लागि
१०९८९३१७२१०सर्वेक्षको रुपमा उपभोक्ताको विचार संकलनका लागि
११७७२४३११२४उपभोक्ताले डिजिटल भ्यालु एडेड सर्भिस हटाउनका लागि

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार