डाइमोर्फोस उल्कापिण्ड लक्षित नासाको डार्ट रकेट प्रक्षेपण

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
डाइमोर्फोस उल्कापिण्ड लक्षित नासाको डार्ट रकेट प्रक्षेपण

काठमाडौं ।

उल्कापिण्डको बाटो परिवर्तन गराउने उद्देश्यले नासाले एउटा अन्तरिक्षयान डाइमोर्फोस नामको उल्कपिण्डसँग ठक्कर खाने गरी प्रक्षेपण गरेको छ।

डार्ट अन्तरिक्षयान बोकेको स्पेसएक्सको फाल्कन ९ रकेट बुधबार ६:२० जीएमटीमा क्यालिफोर्नियामा रहेको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्रक्षेपण गरिएको हो।

उक्त यान डाइमोर्फोस नामको उल्कपिण्डमा ठोक्काएर विस्फोट गरिने र यसपछि उक्त उल्कापिण्डको गति तथा मार्ग कति परिवर्तन हुनेछ भनेर जानकारी संकलन गरिनेछ।

बीबीसीका अनुसार यदि अन्तरिक्षमा भएका फोहर तथा यस्ता उल्कापिण्डहरुको केही सय मिटर व्यास भएका टुक्रा मात्रै पृथ्वीसँग ठक्कर खाएमा पनि त्यसले एउटा महादेशलाई नै तहसनहस बनाउन सक्छ।

कुनै पनि उल्कापिण्डको मार्ग परिवर्तन गर्ने र गतिलाई कम गराउने उद्देश्यले नासाले गरेको पहिलो परीक्षण हो। यसबाट कुनै पनि उल्कपिण्डबाट पृथ्वीलाई कसरी जोगाउन सकिन्छ भन्ने प्रयास गरिएको बीबीसीले उल्लेख गरेको छ।

तर डाइमोर्फोसबाट पृथ्वीलाई कुने जोखिम भने नभएको तर परीक्षणका लागि एउटा उल्कापिण्डसँग यान ठोक्काउनु जरुरी भएकाले यसो गरिएको बताइएको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार