Technology Khabar २५ जेष्ठ २०७३, मंगलवार
काठमाडौं ।
काठमाण्डौं, २५ जेठ । केहि समय अघि सामसुंगले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाउने समाचार आएको थियो । यो फोल्ड गर्न मिल्ने फोनको बारेमा फेरी नयाँ समाचार आएको छ । कम्पनीले अहिले फोल्ड गर्न मिल्ने दुईवटा डिभाइस बनाउँदै गरेको रिपोर्ट बाहिर आएको छ ।
ब्लूमबर्गकाअनुसार दुईवटा डिभाइसमध्ये एउटा डिभाइसलाई ‘फोल्ड इन हाफ लाइक अ कस्मेटिक कम्प्याक्ट’ भनेर उल्लेख गरिएको छ ।
यी डिभाइसहरुमा अर्गानिक लाइट एमिटिंग डिओड्स (OLED) प्रयोग गरिएको छ, जून डिभाइसहरु सन् २०१७ को शुरुवातमा सार्वजनिक हुनसक्नेछन् । यो जानकारी दिने व्यक्तिको बारेमा भने विवरणहरु गोप्य राखिएको छ ।
जानकार व्यक्तिका अनुसार सामसुंगले ल्याउने यस्तो डिभाइसमा अर्को भने ५ इन्चको स्क्रीनको हुनेछ । यसलाई प्रयोगगर्दा यो ह्याण्डसेट जस्तै हुनेछ भने यसलाई पल्टाउँदा यसको डिस्प्लेको साइज ८ इन्चको हुनेछ र यसलाई ट्याबलेट जस्तै हेर्न सकिन्छ ।
सामसुंगले मोबाइल उत्पादनहरुका लागि ओएलईडी प्यानेल आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता हो, यो नयाँ स्क्रीन फम्र्याट विकास गर्न अग्रशिल रहेको छ ।
उता आईबिके सेक्यूरिटिजका विश्लेषक ली सिउग वूले भने, ‘यो उत्पादन गेम चेन्जरको रुपमा हुनसक्नेछ, यदि सामसुंगले घुमाउरो स्क्रीनहरुका लागि प्रयोगकर्तालाई हुने उपयुक्त इन्टरफेस ल्याउन सफल भएमा ।’
कम्पनीले प्रोजेक्ट भ्याली कोडनेममा आगामी फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल वल्ड कंग्रेसमा एक वा अनेक डिभाइसहरु सार्वजनिक गर्न सक्ने जानकारलाई उल्लेख गर्दै रिपोर्टमा लेखिएको छ । यो समय सामसुंगले एप्पलको आईफोनको प्रयोगका लागि ओएलईडी स्क्रीन आपूर्ति गर्ने समय हुनेछ ।
त्यसैगरी सामसुंगले यहि वर्ष सार्वजनिक गर्ने तयारी गरेको नोट सिरिजको डिभाइसको नाम पनि परिवर्तन हुने रिपोर्टमा छ । रिपोर्टका अनुसार कम्पनीले एउटा नम्बर हटाएर नोट सिक्सको ( Galaxy Note 6) साटो ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) ल्याउने छ । यो नोट डिभाइस ग्यालेक्सी एस सिरिजमा नै आउने छ ।
तर फोल्ड गर्न मिल्ने डिभाइसहरु भने ग्यालेक्सी एस नाममा बजारमा नल्याउने सामसुंगको योजना रहेको छ ।
यसअघि पनि सामसुंगले ल्याउने भनिएको घुमाउन वा फोल्ड गर्न मिल्ने डिभाइसको विभिन्न अनुमानित तस्विर तथा अनुमानित भिडियोहरु सार्वजनिक भईसकेका छन् । तर पनि स्पष्ट जानकारीहरु अाएका छैनन् ।
प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार