
काठमाडौं ।
अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानवसहितको अन्तरिक्षयान पठाउने क्रू-३ मिसनको मिति फेरि सरेको छ।
सरेको मिति अनुसार अब उक्त मिसन बुधबार अर्थात् नोभेम्बर १० तारिख बिहान ९ बजेर ३ मिनेट ईटी मा उडाइने नासाले जनाएको छ।
नासाले शुरुमा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्रू-२ मिशनमा सहभागीहरुले क्रू-३ का सहभागीहरुलाई स्वागत गरेर पृथ्वीमा फर्कने योजना बनाएकामा माैसमका कारण क्रू-२ का सहभागीलाई आइतबार र सोमबारसम्ममा पृथ्वीमा ल्याएर मात्र क्रू-३ लाई उडाउने निष्कर्षमा पुगेको हो।
स्पेसएक्सले बुधबार माैसमका हिसाबले क्रू-३ उडाउन सकिने सम्भावना ८० प्रतिशत रहेको ट्विटरमा उल्लेख गरेको छ।
यदि सबै कुरा योजना मुताबिक भएमा उक्त यान फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट उडेर बिहीबार नोभेम्बर ११ का दिन बिहान १ बजेर १० मिनेट ईटीमा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा बवतरण गर्ने नासाले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार