सामसङले ग्यालेक्सी एस२१ एफई आगामी जनवरी ४ मा र एस२२ फेब्रुअरी ८ मा सार्वजनिक गर्ने

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
सामसङले ग्यालेक्सी एस२१ एफई आगामी जनवरी ४ मा र एस२२ फेब्रुअरी ८ मा सार्वजनिक गर्ने

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी एस२१ एफई आगामी सन् २०२२ जनवरी ४ मा तथा एस२२ सिरिज फेब्रुअरी ८ मा सार्वजनिक गर्ने भएको छ।

हालै जोन प्रोस्सरले बाहिर ल्याएको एक रिपोर्ट अनुसार सामसङ आउँदो वर्षको शुरुवातमा दुई ओटा अनप्याक्ड इभेन्ट आयोजना गर्ने योजनामा रहेको छ। योजना अनुसार पहिलो जनवरी ४ मा र अर्को फेब्रुअरी ८ मा आयोजना हुनेछ।

यो लीक भएको नयाँ रिपोर्टलाई आधार मान्ने हो भने ग्यालेक्सी एस२१ एफई जनवरी ११ बाट खरिदका लागि उपलब्ध हुनेछ। यसैगरी एस२२ अनप्याक्ड इभेन्ट फेब्रुअरी ८ का दिन बिहान १० बजे ईटी मा शुरु हुनेछ जसमा सामसङले प्रि अर्डरबाट शुरु गरेर कीनोटबाट समाप्त गर्नेछ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २२ कार्तिक २०७८, सोमबार