बाहिरी अन्तरिक्ष गतिविधिको लागी यान बाहिर निस्किए चिनियाँ अन्तरिक्ष यात्रीहरु

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
बाहिरी अन्तरिक्ष गतिविधिको लागी यान बाहिर निस्किए चिनियाँ अन्तरिक्ष यात्रीहरु

काठमाडौं ।

चिनियाँ अन्तरिक्ष यात्रीहरु झाइ झिगेङ्ग र वाङ्ग यापिङ्ग चिनियाँ समयअनुसार बेलुका ८:२८ मा चीनको अन्तरिक्ष स्टेशन कोर मोड्युल तियान्हेको बाहिर निस्किएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाको रिपोर्टअनुसार उनीहरुले आइतबार एक्स्ट्राभेइक्युलर गतिविधिहरू अर्थात अन्तरिक्ष स्टेशनको बाहिरको काम सुरु गर्ने चाइना म्यान्ड स्पेस एजेन्सीले जानकारी दिएको छ।

झाइले साँझ चिनियाँ समयअनुसार बेलुका ६:५१ मा तियान्हेको नोड क्याबिनको ह्याच खोलेको बताएको छ।

झाइले एक्स्ट्राभेइक्युलर गतिविधिहरू प्रदर्शन गरेको यो दोस्रो पटक हो, यसअघि १३ वर्ष पहिले सेन्झाउ-७ मिसनमा उनले चीनको पहिलो ‘स्पेसवाक’ पूरा गरेका थिए।

यसैबीच, वाङको एक्स्ट्राभेइक्युलर एक्टिभिटिजले उनी बाह्य अन्तरिक्षमा पाइला राख्ने चीनको पहिलो महिला अन्तरिक्ष यात्री बनेकी छिन्।

“चीनद्वारा विकसित नयाँ पुस्ताको फेइटियन स्पेससुटहरू लगाएर यो जोडीले मेकानिकल हातको सहायताले बाह्य कार्यहरूको श्रृंखला सञ्चालन गर्नेछ,”स्पेस एजेन्सीले उल्लेख गरेको छ।

अर्का अन्तरिक्ष यात्री ये गुआङफु आफ्ना चालक दलका साथीहरूलाई अपरेशन पूरा गर्न सहयोग गर्न भित्रै बसेको बताईएको छ।

चीनले गएको अक्टोबर १६ मा तीन अन्तरिक्ष यात्रीहरूलाई आफ्नो अन्तरिक्ष स्टेशन निर्माण गर्न ६ महिनाको मिसनमा पठाउँदै शेन्झाउ-१३ अन्तरिक्षयान प्रक्षेपण गरेको थियो।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २२ कार्तिक २०७८, सोमबार