अमेरिकी प्रतिबन्धका कारण ३२ प्रतिशत आम्दानी घट्दा पनि ह्वावे नाफामा

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
अमेरिकी प्रतिबन्धका कारण ३२ प्रतिशत आम्दानी घट्दा पनि ह्वावे नाफामा

काठमाडौं ।

चिनियाँ टेलिकम जायन्ट ह्वावेले शुक्रबार पहिलो तीन त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदन अनुसार कम्पनीको आम्दानी ती त्रैमासमा जम्मा ७१.१९ अर्ब डलर मात्र भएको छ। यो आम्दानी अमेरिकाले प्रतिबन्ध लगाए यताको कम्पनीका लागि निकै ठूलो गिरावट हो।

यो गिरावटको आँकडा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतको रहेको छ। गत वर्ष कम्पनीले वार्षिक रुपमा ९.९ प्रतिशतको वृद्धिसहित ६७१.३ अर्ब युआन आम्दानी गरेको थियो।

‘समग्र प्रदर्शन प्रक्षेपण अनुसार नै भएको छ’, ह्वावेका रोटेटिङ अध्यक्ष गुओ पिङले भने। उनले आफ्नो उपभोक्तालक्षित अर्थत् बी२सी व्यवसायमा ठूलो प्रभाव परे पनि बी२बी व्यवसाय स्थिर रहेको जानकारी दिए।

गुओले आफूहरु इनोभेसन, अनुसन्धान, विकास तथा प्रतिभा भित्र्याउने तर्फ प्रतिबद्ध हुँदै आएको र सञ्चालन क्षमतालाई पनि ध्यान दिएकाले आफ्ना उपभोक्ता तथ समुदायका लागि व्यवहारिक मूल्य उपलब्ध गराउन सक्नेमा विश्वस्त रहेको बताए।

‘एक वर्षको अवधिमा आम्दानी २०० अर्ब युआनले घटेको छ। यो निकै ठूलो गिरावट हो’, वरिष्ठ बजार विश्लेषक च्याङ चुन्मुले शुक्रबार ग्लोबल टाइम्सलाई बताए।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...