
काठमाडौं ।
दक्षिण कोरियाली टेक कम्पनी सामसङले एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ कस्टम इन्टरफेस जारी गर्ने भएको छ।
कम्पनीले केही समयअघि आफ्नो ग्यालेक्सी एस२१ सिरिजका फोनमा यसको परीक्षण गरिरहेको बुझिएको छ।
अब भने कम्पनीले आफ्ना फोल्डेबल सिरिजका स्मार्टफोनमा वन यूआई ४ को परीक्षण शुरु गरेको हो। सूचीमा ग्यालेक्सी जेड फोल्ड तथा जेड फ्लिप३ परेका छन्।
हालैका रिपोर्टहरुका अनुसार ग्यालेक्सी जेड फोल्ड३ तथा फ्लिप ३ का कोरिया तथा भारतका ग्राहकहरुले वन यूआई ४ को बिटा टेस्टिङ कार्यक्रममा सहभागी हुनसक्ने बताइएको छ।
यसमा सहभागी हुनका लागि डिभाइस पूर्णरुपम अनलक्ड हुनु जरुरी हुन्छ।
योग्यता पुगेका यूजरले सामसङ मेम्बर एप्लिकेशन मा लग इन गरेर नोटिश पेजमा रहेको वन यूआई ४ बिटा इन्रोलमेन्ट बटनमा थिच्नुपर्ने हुन्छ।
सामसङले वन यूआईका लागि मेटेरियल यू जारी गरेर सामसङ हेल्थ टुगेदर प्रयोग गरिरहेका अन्य डिभाइसमा स्वास्थ्यसम्बन्धी कसरत तथा अन्य फिचरहरु प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार