भारतमा जियोफोन नेक्स्ट बिक्री हुने मिति तय, कति पर्छ किस्तामा?

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
भारतमा जियोफोन नेक्स्ट बिक्री हुने मिति तय, कति पर्छ किस्तामा?

काठमाडौं ।

रिलायन्स जियोले गत शुक्रबार आफ्नो जियोफोन नेक्स्ट स्मार्टफोनको बिक्री शुरू हुने दिनको घोषणा गरेको छ। यो फोन थुप्रै मानिसहरुले निकै प्रतीक्षा गरिरहेको डिभाइस हो।

रिलायन्स जियोले गत शुक्रबार आफ्नो जियोफोन नेक्स्ट स्मार्टफोनको बिक्री शुरू हुने दिनको घोषणा गरेको छ। यो फोन थुप्रै मानिसहरुले निकै प्रतीक्षा गरिरहेको डिभाइस हो।

जियोले उक्त डिभाइ तिहारबाट सबै स्टोरहरुबाट खरिद गर्न सकिने बताएको छ।

विश्वकै सबैभन्दा सस्तो दावी गरिएको यो स्मार्टफोनको मूल्य ६४९९ भारु राखिएको छ।

जियो र गुगलको साझेदारीमा बनेको यो डिभाइस १९९९ भारुमा मात्र पनि लिन सकिने विकल्प पनि जियोले अघि सारेको छ।

यो डिभाइस एकमुष्ट भुक्तानी तथा किस्ताबन्दी कुनै तरिकाबाट पनि खरिद गर्न सकिने बुझिएको छ।

एकमुष्ट भुक्तानी गर्दा ६४९९ भारु पर्ने यो स्मार्टफोन तिहारको शुरुको दिनदेखि कुनै पनि मोबाइल स्टोरबाट खरिद गर्न सकिनेछ।

२ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेज भएको यो डिभाइसमा क्वालकमको स्न्यापड्रागन क्यूएम-२१५ प्रोसेसर राखिएको छ।

किस्ताबन्दीमा खरीद गर्दा शुरुमा १९९९ भारु बुझाउनुपर्ने हुन्छ। त्यसपछि प्रत्येक महिना किस्ता बुझाउँदै जानु पर्छ। प्रत्यके किस्तामा अलग-अलग डाटा तथा कलिङ प्लान पनि उपलब्ध हुनेछ।

जियोफोन नेक्सटमा ४ ओटा अलग-अलग प्लान उपलब्ध छ। तिनीहरुमा अलवेज अन प्लान , लार्ज प्लान, एक्सएल प्लान तथा एक्सएक्सएल प्लान रहेका छन् र यिनीहरुको अवधि १८ देखि २४ महिनाको रहेको छ।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १४ कार्तिक २०७८, आईतवार