सेमीकन्डक्टरको अभावका कारण मारुती सुजुकीको उत्पादन प्रभावित

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
सेमीकन्डक्टरको अभावका कारण मारुती सुजुकीको उत्पादन प्रभावित

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले शनिबार सेमीकन्डक्टरको अभावका कारण इलेक्ट्रोनिक कम्पोनेन्टको आपूर्तिमा अवरोध आएपछि उत्पादन प्रभावित भएको बताएको छ।

कम्पनीले नोभेम्बरमा हरियाणा र सुजुकीको गुजरातमा रहेको दुईवटा प्लान्टमा उत्पादनमा प्रतिकूल असर पर्ने अनुमान गरेको छ।

भारतको सबैभन्दा ठूलो कार कम्पनीले भारतीय स्टक एक्सचेन्जलाई शनिवार पठाएको जानकारीमा उल्लेख भएअनुसार हालको अनुमानमा, आगामी महिना हरियाणामा दुवै एकाइहरूमा कुल गाडी उत्पादन मात्रा सामान्य अवस्थाको तुलनामा लगभग ८५ प्रतिशत हुन सक्छ। यसको अर्थ कम्पनीले १५ प्रतिशत उत्पादन कटौती गर्नेछ।

“सेमीकन्डक्टर सङ्कटका कारण विद्युतीय सामग्रीको आपूर्ति प्रभावित भएको छ। यसले नोभेम्बर महिनामा हरियाणामा भएको प्लान्ट र यसको अनुबंध निर्माण कम्पनी मारुती मोटर गुजरात प्राइभेट लिमिटेड दुबै कारखानाहरूमा सवारी उत्पादनमा प्रतिकूल असर पार्ने अपेक्षा गरिएको छ,” कम्पनीले भन्यो।

कम्पनीको हरियाणाको गुडगाउँ र मानेसर प्लान्टमा वार्षिक १५ लाख युनिटको उत्पादन क्षमता छ।

यसअघि मारुतीले चालु वर्षको दोस्रो त्रैमासमा ६६ प्रतिशतले नाफामा कमी आएको बताएको थियो। जसमा सेमीकण्डक्टरलाई प्रमुख कारक मानिएको थियो ।

हाल सेमीकण्डक्टरको अभावले विश्वभरका गाडी निर्माताहरु प्रभावित भईरहेका छन् । एजेन्सीका साथ

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १४ कार्तिक २०७८, आईतवार