
काठमाडौं ।
नासाले स्पेसएक्सको क्रू-३ अर्थात् तेस्रो मानवसहितको अन्तरिक्षयान प्रक्षेपणमा केही ढिलाइ गरेर नोभेम्बर ३ तारिखसम्म लम्ब्याएको छ।
उक्त यान ह्यालोविन अर्थात् आज अक्टोबर ३१ बिहान १ बजेर १० मिनेटमा उडाइने तालिका थियो।
नासाले खराब माैसमका कारण उडान केही दिन पर पुगेको बताएको छ। यो उडानमा संभवत अर्को ढिलाइ नहुने अपेक्षा गरिएको छ भने सम्बन्धित अधिकारीहरुले केही दिनमा माैसममा ८० प्रतिशतसम्म सुधार आउनसक्ने बताएका छन्।
उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण नासाले आफ्नो च्यानलमा नोभेम्बर २ बेलुका पोने ९ बजेदेखि नै गर्ने बुझिएको छ।
क्रू-३ मा मिसन कमान्डरका रुपमा नासाका अन्तरिक्षयात्री राजा चरी लगायत टम मार्सबर्न, कायला ब्यारोन तथा ईएसएका माथियास माउररलाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म लैजानेछ।
यी चारै जना अप्रिलसम्म उक्त स्टेशनमै बस्ने बताइएको छ।
यसअघि स्पेसएक्सको क्रू-१ २०२० नोभेम्बरमा तथा क्रू-२ अप्रिल २०२१ मा पठाइएको थियो।
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार