
काठमाडौं ।
काठमाडौं, १ जेठ । नेपाल एसबिआई बैंकले पशुपति क्षेत्र विकास कोषलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । बैंकको उक्त सामाग्री स्टेट बैंक अफ ईन्डियाका निर्देशक तथा कर्पाेरेट बैंकिङ्ग प्रमुख बि श्रीरामले शनिवार एक कार्यक्रमका बीच कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई हस्तान्तरण गरेका हुन् ।
स्टेट बैंकका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ता तथा मुख्य महाप्रबन्धक सुजित कुमार वर्मा, कोषका कार्यकारी अधिकृत रमेश उप्रेती, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागर नायब कार्यकारी प्रमुख भिके त्यागी एवं बैंकका नेपाल एसबिआई बैंकका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
पवित्र पशुपति क्षेत्रलाई सफा र आकर्षक राख्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफार्ई उपकरणका साथ स्मार्ट क्लिनिङ्ग प्रा.लि.मार्फत आठ जना सरसफाई गर्ने कर्मचारी सहित पशुपति क्षेत्र विकास कोषलाई पाँच वर्षका लागि हस्तान्तरण गरेको छ ।
साथै भारतमा रेमिटान्स पठाउन मद्दत पुर्याउने उद्देश्यले स्थापित पेमेन्ट गेटवेको भारतीय राजदुत रन्जित राय र स्टेट बैंकका प्रबन्ध निर्देशक बी श्रीरामद्धारा संयुक्त रुपमा उद्घान गरे । उक्त गेटवेबाट अनलाइन पोर्टलमार्फत भारतमा विप्रेषण पठाउन झेल्नुपरेको कठिनाइलाई सहज बनाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त सेवाको नेपालमा रहेका अन्य वाणिज्य बैंकहरुले समेत उपयोग गर्न सक्ने बताईएको छ ।
यसैगरी राजदुत रे र प्रबन्ध निर्देशक बि श्रीरामद्धारा बैंकको नवलपरासीको कावासोती र रुपन्देहीको मनिग्राम शाखाको रिमोट कन्ट्रोलद्धारा संयुक्तरुपमा उद्घाटन गरे । उक्त समाहरोहमा नेपाल एसबिआई बैंकको एटिएम युटिलिटी सेवा र मोबाइल बैंकिङ्ग सेवा मेरो साथी तथा काठमाडौं र पोखरामा मोेबाइल एटिएम सेवा समेतको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
प्रकाशित: २ जेष्ठ २०७३, आईतवार