Apple

एप्पल आईफोन सेभेनको डिस्प्ले ४.७ इन्चको हुने, आईफोन सिक्स एसको साइज बराबर

एप्पल आईफोन सेभेनको डिस्प्ले ४.७ इन्चको हुने, आईफोन सिक्स एसको साइज बराबर
Global IME Bank

काठमाडौं, २९ वैशाख । एप्पलले सार्वजनिक गरेको ४ इन्चको आईफोन एसईको चर्चाका बिचमा नै नयाँ आईफोन सेभेन (iPhone 7) को स्क्रीन साइजको बारेमा जानकारी बाहिर आएको छ ।

एप्पलले सानो स्क्रीन मन पराउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको ४ इन्चको आईफोन एसईले (iPhone SE) कम्पनीलाई त्यति उत्साहित बनाएन् । त्यसैले गर्दा आउन लागेको आईफोन सेभेनको स्क्रीन साइज पनि ठूलो हुने भएको छ । एप्पलले ल्याउने आईफोन सेभेनको स्क्रीन साईज ४.७ इन्चको हुनेछ ।

हालै एप्पलको डिभाइजको बारेमा विभिन्न जानकारी दिने वनलीक्सले आईफोन सेभेनको भनिएको पछाडिको कभरको तस्वीर सार्वजनिक गरेको छ ।dimensions-iphone-7

नयाँ आईफोनको साइज हाल रहेको आईफोन सिक्स एसको साइजको एक मिलिमिटरको दशौं गुणा सानो हुनेछ ।

एप्पल आईफोन सेभेनको साइज १३८.३० लम्बाई तथा ६७.१२ चौंडाईको हुनेछ । तर यो कति मोटाईको हुन्छ भन्ने जानकारी छैन् । हाल आईफोन सिक्स एसको मोटाई ७.१ मिलिमिटर मात्र छ भने नयाँ आईफोन यो भन्दा अझ पातलो हुने चर्चाहरु बेला बेलामा आईरहेका छन् । आईफोन सिक्स एसलाई एप्पलको सबैभन्दा पातलो फोन भनेर चिनिन्छ भने आईपड टचलाई सबैभन्दा पातलो एप्पल डिभाइसको रुपमा जानिन्छ ।

आईफोन सेभनमा एप्पलले ३.५ मिलिमिटरको अडियो ज्याक राख्ने सूचना लीक भएको थियो भने त्यसअघि अडियो ज्याक आईफोनलाई पातलो बनाउन हटाउन सक्ने अनुमान रहेको थियो ।

माध्यम   स्रोत(फ्रेच भाषामा)

Sajilo Visa
easy care