ताजा समाचार

सामसुंगको ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको २०१६ संस्करण भारतमा

सामसुंगको ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको २०१६ संस्करण भारतमा
तस्विरः गूगलबाट
Global IME Bank

काठमाडौं, २७ वैशाख । सामसुंगले ग्यालेक्सी जे फाइभ (Galaxy J5) तथा ग्यालेक्सी जे सेभेनको (Galaxy J7) २०१६ एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । सामसुंगले मिड रेन्जको दुई वटा स्मार्टफोनहरु यूरोपेली बजारपछि भारतीय बजारमा सार्वजनिक गरेको हो ।

सामसुंगले ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको नयाँ एडिसन सबैभन्दा पहिले चीनमा गत महिना सार्वजनिक गरेको थियो भने त्यसपछि यूरोपेली मुलुकहरुमा उपलब्ध गराएको थियो ।

कम्पनीले भारतमा सार्वजनिक गरेपछि अन्य मुलुकहरुमा अब जे फाइभ तथा जे सेभेनको नयाँ एडिसन उपलब्ध गराउने तयारी पनि गरेको छ  । यी दुबै मोडलका नयाँ एडिसनमा फीचरहरु थप गरिएका छन् । दुबै मोडलका फोनहरुमा र्यामको क्षमता बढाईएको छ भने ठूलो ब्याट्री साइज, फ्रन्ट फेसिंग क्यामरामा सुधारका साथै सन् २०१६ एडिसनमा सामसुंग पेका लागि एनएफसी चीप प्रयोग गरिएको छ ।

सामसुंगको ग्यालेक्सी जे सेभेन २०१६ [(J7 (2016)] एडिसनमा ५.५ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८० पिक्सेल रहेको छ । यसमा कम्पनीको आफ्नै  प्रोसेसर एक्सनोज ७८७० राखिएको छ भने ३ जीबी र्यामका साथमा १६ जीबीको स्टोरेज रहेको छ । यसमा ३,३०० एमएएचको ब्याट्री रहेको छ । कम्पनीकाअनुसार यो फोनले ३५४ घण्टासम्मको स्ट्याण्डबाई दिन्छ ।

ग्यालेक्सी जे सेभेन २०१६ मा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ, दुबै क्यामराको अपार्चर एफ/१.९ छ भने दुबैतर्फ एलईडी फ्ल्याश राखिएकोछ ।

यसमा फोरजी एलटीई, एनएफसी, वाईफाई, ब्लूटूथ ४.१ भर्सन,जीपीएस तथा माइक्रो यूएसबी २.० राखिएको छ ।Samsung Galaxy 7 and 5

त्यस्तै सामसुंग ग्यालेक्सी जे फाइभ २०१६ एडिसनमा ५.२ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२० पिक्सेल रहेको छ । यसमा स्न्यापड्रयागन ४१० प्रोसेसर राखिएको छ भने २ जीबी र्यामका साथमा १६ जीबी स्टोरेज रहेको छ । यसको ब्याट्री क्षमता ३,१०० एमएएच रहेको छ ।

ग्यालेक्सी जे फाईभ २०१६ मा पनि जे सेभेनको जस्तै १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ, दुबै क्यामराको अपार्चर एफ १.९ छ भने दुबैतर्फ एलईडी फ्ल्याश राखिएकोछ ।

सामसुंगको यी दुबै मोडलका फोनहरु भारतीय बजारमा बेस्ट सेलिंग स्मार्टफोनहरु हुन् । नयाँ एडिसनबाट कम्पनीले बजार बढाउन अझ सहयोग हुने अपेक्षा गरेको छ ।

भारतीय बजारमा सामसुंग ग्यालेक्सी जे फाईभ २०१६ को मूल्य १३,९९० भारु अर्थात २२,३८४ नेपाली रुपैंया तोकिएको छ भने ग्यालेक्सी जे सेभेन २०१६ को मूल्य १५,९०० भारु अर्थात २५,४४० नेपाली रुपैंया तोकिएको छ ।

दुबै फोन सेटहरु भारतीय बजारमा एक्सक्लुसिभ फ्लिपकार्टमा १० मे देखि उपलब्ध हुनेछ ।

Sajilo Visa
easy care