
काठमाडौं ।
इलेक्ट्रिक कार तथा ट्रक निर्माणका साथमा अन्तरिक्ष खोजका क्षेत्रमा बदलाव ल्याएका स्पेस एक्सका सीईओ इलन मस्कले अब भने भर्टिकल लिफ्ट विद्युतीय जेट विमान बनाउने तर्फ केन्द्रित भएको बुझिएको छ।
उनले आफू विद्युतीय सुपरसोनिक जेट निर्माण गर्न मरिमेटेर लागिपरेको र उक्त जेटमा भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ प्रविधि अर्थात् भीटीओएल प्रयोग गरिने बताए।
बेलाबखत अनाैठा र नवीन प्रविधिहरुसम्बन्धी आश्चर्यजनक निर्णय गर्ने र अन्त्यमा त्यसलाई सफल गरिछाड्ने भएकाले मस्कको यो निर्णय पनि हाललाई नाैलो लागे पनि एक दिन मूर्त रुप लिने आकलन गर्न सकिन्छ।
मस्कले व्यवसायी तथा लेखक पिटर एच डाइम्यान्डिसले आफ्ना फलोअरलाई टेस्ला तथा स्पेशएक्सका सीईओले अब कुन चुनोती दिएको हेर्न चाहनुहुन्छ? भन्ने प्रश्नमा आफ्नो विमान उद्योगमा प्रवेश गर्ने वा त्यसलाई अवरुद्ध पार्ने उत्कट अभिलाषा रहेको अभिव्यक्ति दिएका हुन्।
उनले इलेक्ट्रिक कारका बारेमा पहिलो पटक कुरा गर्दा धेरैले यो सम्भव नहुने अड्कल काटेका थिए। तर टेस्ला आएपछि यो सम्भव रहेछ भन्ने प्रमाणित भयो। मस्कले पुन: प्रयोग गर्न मिल्ने रकेट बनाएर अन्तरिक्ष खोजका क्षेत्रमा पनि दक्खल दिए।
‘इलन मस्कले भुक्तानी, अन्तरिक्ष खोज, कार तथा हरित उर्जाका क्षेत्रमा निकै ठूलो भूमिका निर्वाह गरेका छन्। अब उनले कुन उद्योगमा प्रवेश गरुन् भन्ने तपाईँहरुको इच्छा छ? म त उड्डयन भन्छु, तपाईँहरु नि?’, एक्सप्राइज फाउन्डेशनका संसथापक डाइमेन्डिसले सोधेका थिए।
I’m so dying to do a supersonic, electric VOTL jet, but adding more work will make my ???? ????
— Elon Musk (@elonmusk) October 7, 2021
प्रकाशित: २४ आश्विन २०७८, आईतवार