यस्तो छ फेसबुक ५ दिनभित्र दोस्रो पटक डाउन हुनुको कारण

  • Technology Khabar | २३ आश्विन २०७८, शनिबार
यस्तो छ फेसबुक ५ दिनभित्र दोस्रो पटक डाउन हुनुको कारण

काठमाडौं ।

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राम शुक्रबार राती फेरि एक पटक बन्द भएको छ। यस आउटेजमा, कम्पनीले दुबै प्लेटफर्म कम्प्युटिङ्ग प्लेटफर्ममा एक प्राविधिक गल्ती आएको कारणले डाउन भएको बताएको छ। यस कारण धेरै प्रयोगकर्ताहरुले समस्याको सामना गर्नु परेको थियो।

पाँच दिन भित्र फेसबुक बन्द भएको यो दोस्रो समय हो। यसअघि ४ अक्टोबरको राती फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टा भन्दा बढि डाउन भएको थियो।

यस पटक फेसबुक आउटेजको प्रभाव नेपालमा भने भएको थिएन।

फेसबुक र इन्स्टाग्राम बन्द भएका देशहरुमा अमेरिका, बेलायत, पोल्याण्ड र जर्मनीको केहि भागहरु सामेल छन्। सर्भर डाउन भएपछि ह्यासट्याग पनि ट्विटरमा ट्रेन्डिङ्ग सुरु भएको थियो।

फेसबुक र इन्स्टाग्राम भारतीय समय अनुसार राती करिब १२:३० बजे बन्द भएका थिए। यस दौरान, इन्स्टाग्राम प्रयोगकर्ताहरुलाई फीड रिफ्रेस गर्न गाह्रो भईहेको थियो। यो संगै त्यहाँ फोटो अपलोड गर्न पनि समस्या थियो।

हाल सो समस्या समाधान भईसकेको बताएको छ ।

फेसबुकले माफी माग्यो
फेसबुकले एक साताभित्र दोस्रो पटक आउटेज भएकोमा माफी मागेको छ। फेसबुकले राति १:०७ मा ट्विटरमार्फत माफी माग्दै केहि मानिसहरुलाई  एप्स र वेबसाइट पहुँच गर्नमा समस्या भएकोमा जानकार रहेको बतायो।

“यदि तपाइँ हाम्रो सेवा उपयोग गर्न असमर्थ हुनुहुन्छ भने हामी क्षमाप्रार्थी छौं। हामी जान्दछौं कि तपाइँ कसरी एक अर्कासंग कुराकानी गर्नको लागी हामीमा निर्भर हुनुहुन्छ। अब हामीले समस्या समाधान गर्न काम गरिरहेका छौं। यस पटक पनि धैर्य गर्नको लागी धन्यवाद।” फेसबुकले  भनेको छ।

यसअघि भने विश्वभर फेसबुक डाउन हुँदा निकै चर्चा भएको थियो । जसले गर्दा  कम्पनीका सहसंस्थापक मार्क  जुकरबर्गले केहि घण्टामा नै ६ अर्ब डलर गुमाएका थिए ।

प्रकाशित: २३ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार