चिलीको केन्द्रीय बैंकले सन् २०२२ सम्ममा डिजिटल मुद्रा ल्याउनेबारे निर्णय गर्ने

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
चिलीको केन्द्रीय बैंकले सन् २०२२ सम्ममा डिजिटल मुद्रा ल्याउनेबारे निर्णय गर्ने

काठमाडौं ।

चिलीको केन्द्रीय बैंकले सन् २०२२ को शुरुवातसम्म आफ्नै डिजिटल मुद्रा निस्कासन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्ने भएको छ।

बैंकका अध्यक्षले सोमबार विश्वकै नीति निर्माताहरु तीव्रगतिमा बढिरहेको क्रिप्टोकरेन्सीको चालसँगै चल्न थालेकाले यसबारेमा निर्णय लिनुपर्ने भएको बताए।

विश्वभरकै नियामकहरुले डिजिटल मुद्रामाथि कडाइ गरिरहेका भए पनि गत अप्रिलमा क्रिप्टोको बजार २० खर्ब डलर बराबर पुगेको थियो। गत शुक्रबार चीनले पनि सबै क्रिप्टोकरेन्सी अवैध भएको घोषणा गरेको थियो।

विधायकहरुका अगाडि प्रस्तुति दिँदै केन्द्रीय बैंकका अध्यक्ष मारियो मर्सेलले उच्च-स्तरीय कार्यदल बनाइएको र यसले डिजिटल-पेसो निस्कासन गर्नेबारे मध्य-कालीन रणनीति बनाउने बताए।

‘सर्वसाधारणको आवश्यकता, वित्तीय स्थायित्व तथा मोद्रिक नीतिको प्रभावकारिताका लागि केन्द्रीय बैंकले अर्को वर्षको शुरुवातमा चिलीमा डिजिटल-पेसो निस्कासनका बारेमा आधिकारिक व्याख्या गर्नेछ’, मर्सेलले भने।

उनका अनुसार चिलीमा ४० प्रतिशत घर परिवारले क्रेडिट कार्ड लगायतका डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्ने तथा डिजिटल ट्रान्सफर पनि गर्ने गरेका छन्।

विश्वका नियामकहरु निजी डिजिटल मुद्राको कारोबार बढेको र यसले वित्तीय तथा मोद्रिक प्रणालीमा नियन्त्रण गर्ने, प्रणालीका समस्या बढाउने, वित्तीय जोखिम बढाउने तथा लगानीकर्तालाई चोट दिनेजस्ता सम्भावना भएकाले चिन्तित भइरहेका बुझिएको छ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १३ आश्विन २०७८, बुधबार