शाओमीले विश्वमै नम्बर १ ब्रान्डका रुपमा टिकिरहने लक्ष्य लिएको छ: लेइ जुन

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
शाओमीले विश्वमै नम्बर १ ब्रान्डका रुपमा टिकिरहने लक्ष्य लिएको छ: लेइ जुन

काठमाडौं ।

चिनियाँ इलेक्ट्रोनिक जायन्ट शाओमीले स्मार्टफोन क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ।

कम्पनी विश्वका थुप्रै बजारमा नम्बर १ ब्रान्ड बनिसकेको छ। भारतीय बजारमा यो वर्षोदेखि नम्बर १ ब्रान्ड रहँदै आएको छ।

भारतीय बजार स्मार्टफोनका लागि चीनपछि विश्वकै दोस्रो ठूलो बजार हो। सीईओ लेइ जुनका अनुसार कम्पनी एउटा ठूलो लक्ष्य भेट्न आतुर छ।

उनले विश्वकै नम्बर १ ब्रान्ड बन्ने योजनामा आत्मविश्वासी भएर लागिरहेको बताए। तर व्यापार र इनोभेसनमा सधैं समस्याहरु आइपर्ने हुनाले सबैले धैर्यतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

जुनले हालै एउटा इभेन्टका दोरान शाओमीको विकास इनोभेसन र व्यवसायबाट अलग गर्न नसकिने बताए। वर्तमानमा चीनका ७५ प्रतिशत व्यवसाय कुनै न कुनै प्रकारको स्मार्ट निर्माणमा जुटिहेको उनले बताए।

यसैक्रममा यिझुआङमा पहिलो शाओमी फ्याक्ट्री निर्माण भएको पनि उनले उल्लेख गरे।

गत जुलाईको अन्त्यमा शाओमीका संस्थापक अध्यक्ष तथा सीईओ लेइ जुनले पहिलो पटक एप्पललाई उछिन्दै शाओमी मोबाइल फोनको व्यापार विश्वमै दोस्रो स्थानमा पुगेको जानकारी दिए।

यो सबै शाओमीका लगनशील कर्मचारीहरुका कारण भएको र हाल आफ्ना विरोधीहरु निकै बलिया रहेका र दोस्रो स्थान प्राप्त गर्न निकै मेहनत गर्नुपरेको पनि सुनाए। तर केही समयपछि आफू नम्बर १ ब्रान्डका रुपमा उभिने लक्ष्य रहेको लेइको भनाइ थियो।

नम्बर १ मा पुग्ने मात्र नभइ टिकिरहने कम्पनीको लक्ष्य हो। विश्लेषकहरुका अनुसार कम्पनीले चाल्नुपर्ने कदममा आफ्ना स्मार्टफोनको नाम राख्नु हो। केही विज्ञहरुका अनुसार शाओमीको सफलता ह्वावेमाथिको अमेरिकी प्रतिबन्ध हो पनि भनेका छन्।

यसका बारेमा चीनबाहिर शाओमीले कस्तो व्यापार गर्छ भन्ने कुराले पुष्टि गर्ने र कम्पनीले पनि अमेरिकी बजारमा वनप्लसले झै स्थानीय दूरसञ्चार सेवा प्रदायकसँग साझेदारी गरेर आफ्ना डिभाइसको व्यापार बढाउनुपर्ने देखिन्छ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १३ आश्विन २०७८, बुधबार