अस्ट्रेलियाद्वारा गुगलको विज्ञापन वर्चस्वमाथि चुनाैती, डाटा प्रयोग नीति ल्याउने

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
अस्ट्रेलियाद्वारा गुगलको विज्ञापन वर्चस्वमाथि चुनाैती, डाटा प्रयोग नीति ल्याउने

काठमाडौं ।

अस्ट्रेलियाको प्रतिस्पर्धाविरोधी नियामकले गुगलले लक्षित विज्ञापन बेच्न इन्टरनेट डाटाबेसको प्रयोग गरेकोमा अब कडाइ गर्ने बताएको छ।

उक्त संस्थाले अन्य नियामकलाई समेत यो नियममा जोडिन आग्रह गर्दै गुगलले प्रकाशक,  विज्ञापनदाता तथा उपभोक्तालाई असर पर्रेगरी बजारमाथि वर्चस्व कायम गरेको बताएको छ।

मंगलबार प्रकाशित एक रिपोर्टमा राखिएको टीप्पणीले अस्ट्रेलिया पनि बेलायती तथा यूरोपेली मुलुकहरुको जस्तै सर्वसाधारणको अनलाइन सर्चको डाटा दुरुपयोग गरेर विज्ञापन दिएका कारण गुगलमाथि कडाइ गर्ने सूचीमा पर्ने भएको छ।

‘यूरोपेली देशहरु तथा बेलायतले यस प्रकारको नीतिका बारेमा छलफल गरिरहेका बेला हामी आगामी वर्षसम्म यसलाई लागू गरेर उनीहरुकै कित्तामा उभिनेछाैं’, अस्ट्रेलियन कम्पिटिशन एन्ड कन्जुमर कमिसनका अध्यक्ष रड सिम्सले अन्तरवार्ताका क्रममा भनेको रोयटर्सले उल्लेख गरेको  छ।

अघिल्लो वर्ष नै गुगलले नीतिमा कडाइका कारण आफूले अस्ट्रेलियाबाट आफ्ना मुख्य सेवाहरु हटाउने बताएको थियो। नियामकले गुगललाई सर्च इन्जिनमा भिजिटर बढाउने सामग्रीका लागि सञ्चारमाध्यमलाई भुक्तानी गर्न आदेश दिएको थियो।

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार