आर्थिक समाचार

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसंगै स्पेन घुम्ने अवसर

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसंगै स्पेन घुम्ने अवसर
Global IME Bank

विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रिमा आफ्नो वेग्लै पहिचान वनाउन सफलडिश मिडिया नेटवर्क लिमिटेडले रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ।

२०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु.२००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ। यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ।

लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नुहुनेछ। यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ। डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ।

यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुने जनाएको छ।

Sajilo Visa
easy care