
काठमाडौं ।
फेसबुक अन्तर्गतको फोटो शेयरिङ एप एप इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि ल्याउने भनिएको भर्सनको काम हललाई स्थगित गरेको छ।
कम्पनीले आफ्नो ‘इन्स्टाग्राम फर किड्स’ एपको काम हाललाई स्थगन गरेको सोमबार जानकारी दिएको हो।
अमेरिकी विधायक तथा अभियन्ता समूहले उक्त एपले बालबालिकालाई अनलाइन जोखिमबाट बचाउने कुनै प्रतिबद्धता पेश गर्न नसकेका कारण फेसबुकलाई एप सार्वजनिक नगर्न आग्रह गर्दै आएका थिए।
‘हामीलाई इन्स्टाग्राम फर किड्स बनाउनु सही काम हो भन्ने विश्वास छ तर तत्कालका लागि हामी यसलाई स्थगित गर्दैछाैं’, इन्स्टाग्रामले एउटा ब्लग पोस्टमा लेखेको छ।
ब्लगमा प्यारेन्टर सुपरभिजन अर्थात् अभिभावकको निगरानीमा प्रयोग गर्न मिल्ने बनाएर पछि सार्वजनिक गरिने पनि उल्लेख गरिएको छ।
‘बालबालिकाहरु अनलाइन नै भइरहने वास्तविकता हो र उमेर सुहाउँदो एपहरु उनीहरुका लागि डिजाइन गरिनुले अभिभावकलाई नै फाइदा पुर्याउने हाम्रो विश्वास छ’, ब्लगमा अगाडि लेखिएको छ।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार