Technology Khabar २६ चैत्र २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २६ चैत । विश्वको सबैभन्दा सानो पेशमेकरलाई अमेरिकी सरकारले मुटु रोगको उपचारमा प्रयोगका लागि अनुमति दिएको छ ।
मुटु रोगीको उपचारमा प्रयोग हुने पेशमेकर मुटुको चाललाई नियन्त्रण गर्न प्रयोग गरिन्छ । मेडट्रोनिक्स कम्पनीले बनाएको माइक्रा टीपीएस (Micra TPS), जुन पहिलो ट्रान्सक्याथेटर पेशमेकर हो । यो पेशमेकरलाई अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले मुटु रोगीको उपचारमा प्रयोगका लागि अनुमति दिएको हो ।
अमेरिकी सरकारले पहिलो पटक मिनियट्यूराइज्ड पेसिंग टेक प्रयोग गरिएको पहिलो डिभाइसलाई अनुमति दिएको हो । मेडट्रोनिक्सले बनाएको यो पेसमेकरलाई कम्पनीले विश्वको सबैभन्दा सानो पेशमेकर भनेर दाबी गरेको छ । यो पेसमेकरको साइज अन्य परम्परागत प्रविधिको भन्दा करिब १० गुणा सानो छ भने यो हेर्दा ठूलो भिटामिन क्याप्सुल जस्तै आकारको रहेको छ ।
यो पेशमेकर प्रयोगक गर्दा कुनैपनि विशेष किसिमको पकेटको आवश्यक पर्दैन, जुन परम्परागत डिभाइसको लागि रोगीको छालाभित्र राखिन्छ । तर नयाँ पेसमेकर राखेको बाहिरबाट देखिँदैन् ।
यो पेसमेकरले रोगीको गतिबिधिको आधारमा स्वचालितरुपमा मुटुको आवेगलाई नियन्त्रण गर्दछ । त्यस्तै यसलाई पूरै शरिरको एमआरआई स्क्यान गरेको समयमा पनि प्रयोग गर्न सकिन्छ ।
विश्वको सबैभन्दा सानो पेशमेकर निर्माता कम्पनी मेडट्रोनिक्सले भनेको छ, माइक्रा टीपीएस ९९ प्रतिशतभन्दा बढि रोगीहरुको उपचारमा पूर्णरुपमा सफल परिक्षण गरिएको थियो । जसमध्ये ९६ प्रतिशत रोगीहरुले कुनै पनि समस्या अनुभव गरेनन भने ५१ प्रतिशत रोगीहरुले परम्परागत पेशमेकर भन्दा कम मात्र समस्याको अनुभव गरेको बताएको छ ।
प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार