अमेजनले अमेरिकाका आफ्ना समयका आधारमा काम गर्ने कामदारको कलेज शुल्क पुरै तिरिदिने

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
अमेजनले अमेरिकाका आफ्ना समयका आधारमा काम गर्ने कामदारको कलेज शुल्क पुरै तिरिदिने

काठमाडौं ।

अमेजनले घण्टाका आधारमा काम गर्ने आफ्ना ७ लाख ५० हजार अमेरिकी कर्मचारीको कलेजको पढाइ शुल्क पुरै तिरिदिने घोषणा गरेको छ।

ई-कमर्स साइटले आफ्ना कर्मचारीहरुलाई टिकाइराख्न दिँदै आएको शैक्षिक लगायतका सुविधामा प्रतिस्पर्धीहरुलाई उछिनेको छ।

अमेजनका अनुसार आगामी जनवरीबाट लागू हुने यो योजनामा आफ्नो कम्पनीमा घण्टाका आधारमा ९० दिनयाता काम गरिरहेका कर्मचारीको कलेजको शुल्क तथा पाठ्यपुस्तक शुल्क पुरै कम्पनीले तिरिदिने बताएको छ।

यसबाहेक कम्पनीले उच्च मावि, जीईडी तथा दोस्रो भाषाका रुपमा अंग्रेजी पढिरहेकाहरुको शुल्क पनि तिरिदिने योजना बनाएको बुझिएको छ।

यो सुविधा पाउने कामदारहरुमा अमेजनको नेटवर्कमा रहेका गोदाम तथा वितरण केन्द्रहरुमा काम गर्नेहरु बढी छन्।

यो सुविधा देशभरका सयों शिक्षण संस्थाहरुमा लागू हुने पनि कम्पनीले जनाएको छ। यसअघि कम्पनीले ९५ प्रतिशतसम्म शुल्क तिरिदिने सुविधा पनि करियर च्वाइस प्रोग्राम अन्तर्गत लागू गरिसकेको छ।

अमेजनका सीईओ ब्रायन ओल्साभ्स्कीले भने,  ‘हामी भत्ता र सुविधामा थुप्रै रकम खर्च गरिरहेका छो, हामीसँग राम्रा कर्मचारीहरु छन् र उनीहरुका लागि पनि राम्रै रकम छुट्याउनुपर्छ। श्रम बजार निकै प्रतिस्पर्धात्मक छ।’

अमेजनका वालमार्ट र टार्गेटजस्ता प्रतिस्पर्धीहरुले पनि आफ्ना कामदारहरुका लागि शैक्षिकलगायत निकै आकर्षक सुविधाहरु प्रदान गरिरहेका छन्।

एजेन्सीका साथमा 

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार