एलजीको दशैं–तिहारलाई लक्षित योजना, पाँच करोड भन्दा बढीको उपहार प्राप्त गर्न सकिने

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
एलजीको दशैं–तिहारलाई लक्षित योजना, पाँच करोड भन्दा बढीको उपहार प्राप्त गर्न सकिने

काठमाडौं ।

एलजी ब्राण्डले यसपालिको दशैं–तिहारलाई लक्षित गरेर ‘हार्दिक बधाई तपाईँलाई, यस चाडबाडमा विशेष सबैलाई’ नामक योजना ल्याएको छ।

सो योजनाअन्तर्गत एलजीका कुनै पनि सामग्रीको खरिदमा पाँच करोड भन्दा बढीको उपहार प्राप्त गर्न सकिनेछ।

योजनाअन्तरगत नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामग्री खरिदमा नगद छुट तथा उपहार प्रदान गर्ने जानकारी दिएको छ।

त्यस्तै नर्मल र स्मार्ट एलइडी टिभी, साउन्ड बारको खरिदमा समेत ग्राहकहरुले आकर्षक ‘क्यास ब्याक’ प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...