टाटा मोटर्सले ल्यायो दशैँ लक्षित ‘हात खाली नजाने अफर’, गाडी खरिद र बुकिङमा आकर्षक उपहार पाईने

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
टाटा मोटर्सले ल्यायो दशैँ लक्षित ‘हात खाली नजाने अफर’, गाडी खरिद र बुकिङमा आकर्षक उपहार पाईने

काठमाडौं ।

टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै ‘हातै खाली नजाने अफर’ ल्याएको छ।

यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले चार पटकसम्म आकर्षक उपहारहरू प्राप्त गर्न सक्छन्।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकमध्ये एक जनाले ४० इन्चको एमआई स्मार्ट टिभी पाउनेछन्।

बम्पर लक्की ड्रमार्फत् गाडी खरिद गरेकामध्ये ४३ जनाले थप उपहार प्राप्त गर्न सक्नेछन्। यो योजना असोज १४ गतेसम्म लागू हुने जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार