क्वालकमद्वारा ब्लूटूथ डिभाइसका लागि एप्टएक्स लसलेस अडियो सार्वजनिक

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
क्वालकमद्वारा ब्लूटूथ डिभाइसका लागि एप्टएक्स लसलेस अडियो सार्वजनिक

काठमाडौं ।

चिप निर्माता कम्पनी क्वालकमले हालै ब्लूटूथ डिभाइसका लागि उपयुक्त हुने गरी एप्टएक्स लसलेस अडियो सार्वजनिक गरेको छ।

यो प्रविधिले ब्लूटूथमार्फत् लसलेस अडियो स्ट्रिमिङ गर्न मद्दत गर्छ। हेडफोज तथा स्ट्रिमिङ डिभाइसले सपोर्ट गरुन्जेल यसले गुणस्तरीय लसलेस अडियो स्ट्रिमिङ गर्न सघाउ पुर्याउने बताइएको छ।

एप्टएक्स लसलेस अडियो फिचरले गुण्तरीय स्ट्रिमिङ मात् प्रदान गर्ने नभइ यसको कार्यक्षमता पनि निकै आकर्षक र अब्बल छ। यो १६ बिट र ४४१०० किलोहर्जसम्म जान सक्छ।

यसले सामन्यतया: १ मेगाबिट प्रतिसेकेन्डका दरले स्ट्रिमिङ गर्न सक्छ। तर अडियो फाइलमा लसलसे फिचर छैन र इन्टरनेटको गति पनि स्लो छ भने यो दर १४० किलोबिट प्रतिसेकेन्डसम्म झर्न सक्छ।

वास्तवमा एप्टएक्स लसलेस एप्टएक्स हाल यो क्षेत्रमा निकै चर्चित एडप्टिभ प्रविधिको विस्तारित स्वरुप हो। यसले इनपुट, आउटपुट तथा आरएफ इन्भाइरोन्मेन्टलाई निरन्तर रुपमा अनुगमन गरेर यूजरलाई उत्कृष्ट गुणस्तर प्रदान गर्छ।

यो प्रविधिमा आधारित पहिलो डिभाइस यसै वर्षको अन्त्यसम्म आइपुग्ने बुझिएको छ। यसले टीडब्लूएस हेडफोनमा रहेको स्ट्रिमिङ गुणस्तरको समस्या हल गर्ने आकलन गरिएको छ।

एजेन्सीका साथमा

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार