एप्पल र शाओमीलाई उछिन्दै अनर जुन महिनामा सर्वाधिक स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
एप्पल र शाओमीलाई उछिन्दै अनर जुन महिनामा सर्वाधिक स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा

काठमाडौं ।

ह्वावेबाट गत वर्ष छुट्टिएर स्वतन्त्र ब्रान्ड अन्तर्गत स्मार्ट डिभाइसहरु उतपादन गर्दै आएको अनर जुन महिनामा एप्पल र शाओमीलाई उछिन्दै सबैभन्दा ठूलो स्मारटफोन निर्माताको सूचीमा तेस्रो नम्बरमा पुग्न फल भएको छ।

चीनको सिन्नो रिसर्च सेन्टरले हालै चीनमा स्मार्टफोन बजारको विश्लेषणपछि सार्वजनिक गरेको तथ्याङ्कमा अनरले फड्को मारेको हो।

जुलाइमा अनरले ४० लाख स्मार्टफोजन उत्पादन गरेको थियो भने उसले पछाडि पारेको शाओमीले ३९ लाख तथा एप्पलले ३० लाख थान डिभाइस उत्पादन गरेको थियो।

यो सूचीको पहिलो नम्बरमा रहेको ओपोले ५६ लाख स्मार्टफोन बिक्री गरेको थियो भने दोस्रो नम्बरको भिभोले ५३ लाख स्मार्टफोन उत्पादन र बिक्री गर्न सफल भएको थियो। तर वार्षिक रुपमा भने यो महिना त्यति प्रभावकारी भने देखिएको छैन।

चीनमा यो महिनामा केवल २६ ओटा मोडलहरुमात्र सार्वजनिक भएको थियो र तीमध्ये ११ ओटा मात्र फाइभजी सपोर्ट गर्ने डिभाइसहरु थिए।

सेप्टेम्बरमा आउँदै गरेको एप्पलका उत्पादनहरुलाई टक्कर दिन चिनियाँ कम्पनीहरुले अगस्टमभित्रै नयाँ डिभाइसहरु सार्वजनिक गर्ने तयारी गरेका छन्।

एजेन्सीका साथमा

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १६ भाद्र २०७८, बुधबार