आर्थिक समाचार

आइएमई पे एपबाट जुनसुकै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने

आइएमई पे एपबाट जुनसुकै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने
Global IME Bank

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने भएको छ । उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरेको जनाएको छ।

Sajilo Visa
easy care