एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित भएको छ।ईआईएसए (एक्सपर्ट इम्याजिन एन्ड साउन्ड एसोसियशन) विश्वको सवैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठन हो ।

उक्त संगठनले यो वर्ष एलजीका विभिन्न उत्पादनलाई सम्मान गरेको छ। ईआईएसए अवार्डमा एलजीका ओएलईडी टीभी, क्यूएनईडी मिनी एलईडी टीभी र एलजी ईक्लेयर साउन्डबार जस्ता उत्पादन सम्मानित भएका हुन्।

एलजीको ६५इन्च जी१० एलईडी टीभीलाई ईआईएसएले सर्वश्रेष्ठ प्रिमियम ओएलईडी टीभी २०२१–२०२२ नाम दिएको छ । एलजी ओएलईडी टीभीको लागि यो लगातार १०औं वर्षको प्रशंसाको प्रतिक हो।

यसअघि एलजीको ४८इन्च सी१० एलईडी टीभीले ईआईएसए कै पहिलो सबैभन्दा राम्रो गेमिङ टीभी अवार्ड जितेको थियो । यस वर्षको ईआईएसए ८के टीभी सम्मान एलजी क्यूएनईडी मिनी एलईडी टीभीले प्राप्त गर्न सफल भएको छ ।

साउन्डबार श्रेणीमा एलजी ईक्लेयरले एलजी परिवारका लागि ईआईएसए साउन्डबार इनोभेसनको उपाधि जित्न सफल भएको कम्पनीले जनाएको छ । एलजीको लागि पहिलो ईआईएसए इन इअर हेड फोनको कोटीमा एलजी टोन फ्री इयरबड्सले उत्कृष्ट ध्वनीको उपाधि जितेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार