एक महिनामा मोबाइल बैंकिङमार्फत् २० अर्ब रुपैयाँभन्दा माथिको कारोबार

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
एक महिनामा मोबाइल बैंकिङमार्फत् २० अर्ब रुपैयाँभन्दा माथिको कारोबार
सांकेतिक

काठमाडौं ।

नेपालमा असार मसान्तसम्म मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ७३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार असार मसान्तसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड ३७ लाख ९९३ पुगेको छ।

कारोबार सङ्ख्या बढेसँगै यो अवधिमा अघिल्लो महिनाभन्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

यो संख्या एक महिना अघि अर्थात् जेठ मसान्तको तुलनामा २३ लाख ४३ हजार ८१२ ले बढी हो। जेठ मसान्तसम्ममा यो संख्या १ करोड १३ लाख ५७ हजार १८१ थियो।

जेठ मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ५३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा असार मसान्तमा आइपुग्दा यो रकम बढेर ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुगेको छ।

यो रकम अघिल्लो महिनाको भन्दा २० अर्ब ५७ करोड रुपैयाँले बढी हो।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • १४ भाद्र २०७८, सोमबार