काठमाडौं ।
माइक्रोसफ्टले विन्डोज ११ मा केही महत्वपूर्ण परिवर्तनहरु गर्ने भएको छ। यो सिस्टममा पहिलेदेखि नै रहेका बिल्ट इन एपहरु स्निपिङ टूल, क्याल्कुलेटर र मेल एप आदिमा अपडेट ल्याउन लागेको बुझिएको छ।
विन्डोज इन्साइडरले डेभलपमेन्ट च्यानलमा यी नयाँ फिचरहरुको अपडेट परीक्षण गर्न सक्नेछन्। यीमध्ये केही अपडेटहरु सामान्य भए यी सबै विन्डोज ११ को नयाँ भिजुअल स्टाइलसँग सुहाउँदो बनाइएका छन्।
माइक्रोसफ्टले अब पुरानो स्निपिङ टूल तथा स्निप एन्ड स्केच एप दुवैको विशेषता नयाँ स्निपिङ टूलमा मिसाएर अपडेट ल्याएको हो।
विन्डोज ११ मा विन+शिफ्ट+एस थिचेर स्क्रीनशट लिन सकिनेछ भने यो कमान्ड थिचेपछि स्क्रीनशट लिने कन्टेन्छ छान्ने थुप्रै अप्शनसहितको स्निपिङ मेनु ओपन हुनेछ।
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार