
काठमाडौं ।
चीनको प्रविधि कम्पनी शाओमीले आगामी अगस्ट १० मा घरेलु बज़ार चीनमा एमआई प्याड ५ सिरिज सार्वजनिक गर्ने भएको छ।
कम्पनीले यो जानकारी सामाजिक सञ्जाल वेबोमा एउटा फोटो शेयर गर्दै दिएको हो।
शाओमीले यो ट्याब्लेटमा पातलो मेटलको डिज़ाइन दिएको छ जसको दुवै कुनामा चारपाटेको सट्टा गोलाकार डिजाइन छ।
यो ट्याब्लेटसँगै एउटा स्मार्ट पेन पनि आउनेछ। यो पेनलाई शाओमी स्मार्ट पेन नाम दिइएको छ। यो स्मार्ट पेनमा ब्लूटूथ कनेक्टिभिटी फिचर रहनेछ।
अमेरिकाकी संघीय सञ्चार आयोग एफसीसीमा यो डिभाइस मोडल नम्बर M2107K81PC तथा ब्लूटूथ भी५ एलईका साथ सूचीकृत गरिएको छ।
इन्टरनेटमा यो ट्याब्लेटको पछाडिपट्टिको क्यामरा मोड्युलको फोटो शेयर गरिएको छ जसमा मेटलको फ्रेम तथा गोलाकार एज देख्न सकिन्छ।
साथै यसमा डुअल क्यामरा सेट अप तथा फ्ल्याश मोड्युल देखिएको छ भने यो ट्याब्लेट एआई सपोर्टका साथमा आउने बुझिएको छ। कम्पनीले यो डिभाइसलाई सिल्भर ब्लू रंगमा ल्याउन सक्ने आकलन गरिएको छ।
१२० हर्ज रिफ्रेश रेटको अपेक्षा
कम्पनीले एमआई प्याड ५ सिरिज अन्तर्गत तीन ओटा ट्याब्लेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। तिनीहरुमा एमआई प्याड ५, एमआई प्याड ५ प्रो तथा एमआई प्याड ५ लाइट रहनेछन्। हालसम्म प्राप्त जानकारी अनुसार यी डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको २के डिस्प्ले रहने आकलन गरिएको छ।
प्रकाशित: २५ श्रावण २०७८, सोमबार