आईओस १५ मा रहेको बाल दुर्व्यवहारसम्बन्धी स्क्यानिङ फिचरको आलोचना

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
आईओस १५ मा रहेको बाल दुर्व्यवहारसम्बन्धी स्क्यानिङ फिचरको आलोचना

काठमाडौं ।

गत शुक्रबार एप्पलले अमेरिकामा आईओएस १५, आईप्याडओएस १५, वाचओएस८ तथा म्याकओएस मोन्टेरेमा अपडेटमार्फत् बाल दुर्व्यवहारको समस्यासँग लड्ने योजना सार्वजनिक गरेको थियो।

यसमा कम्पनीले बाल याैन दुर्व्यवहारसम्बन्धी सामग्री पत्ता लगाउने सीएएसएम प्रणाली राखेको थियो।

यो प्रणालीले एप्पल डिभाइसहरुमा रहेका फोटोहरु र अमेरिकाले नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन तथा अन्य बाल सुरक्षासम्बन्धी संस्थाले आईक्लाउडमा राखेका फोटवहरुबीच तुलना गरेर दुर्व्यवहारजन्य सामग्री हो होइन भनेर पत्ता लगाउँछ।  

‘आईक्लाउड फोटोजमा कुनै फोटो राख्नुअघि डिभाइसमा रहेको प्रक्रियामार्फत् उक्त फोटो सीएएसएम ह्याशको विरुद्धमा छ कि छैन भनेर जाँच गर्दछ। यो जाँच्ने प्रक्रिया क्रिप्टोग्राफिक प्रविधिमा आधारि प्राइभेट सेट इन्टरसेक्शनले गर्ने गर्छ’, एप्पलले भनेको छ।

एप्पलको यो योजनाले निकै आलोचना खेप्नुपरेको छ। इलेक्ट्रिक फ्रन्टियर फाउन्डेशन – ईएफएफ नामक संस्थाले यसलाई ब्याकडोर भन्ने नाम दिएको छ।

‘एप्पलले यसो गरेर आफ्नो डाटा स्टोरेज तथा मेसेजिङ सिस्टममा ‘ब्याकडोर’ निर्माण गर्न खोजिरहेको छ’, ईएफएफले भनेको छ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार