
काठमाडौं ।
अर्बपति तथा गुगलका सह संस्थापक ल्यारी पेजलाई न्यूजिल्यान्डले रेजिडेन्सी अर्थात बसोबास गर्ने अनुमति प्रदान गरेको छ।
न्यूजिल्यान्डको सरकारले उनलाई देशमा बस्न पाउने आधिकारिकता रेजिडेन्सी दिइएको र उनी कोरोना महामारीका बेला न्यूजिल्यान्डमै बसेको पुष्टि गरेको समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ।
४८ वर्षीय पेजले न्यूजिल्यान्ड समक्ष सन् २०२० को नोभेम्बरमा रेजिडेन्सका लागि आवेदन दिएका थिए। यो आवेदन उनले न्यूजिल्यान्डले जारी गरेको ‘इन्भेस्टर प्लस’ रेजिडेन्सी भिसा कार्यक्रम अन्तर्गत गरेका भए पनि त्यतिबेला प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
यो भिसा प्राप्त गर्नका लागि तीन वर्षको अवधिमा न्यूजिल्यान्डमा ७० लाख अमेरिकी डलर बराबरको लगानी गरेको हुनुपर्ने प्रावधान छ। उनको यो शर्त पूरा भएपछि उनी जनवरी १२ मा राजधानी अक्ल्यान्डमा अवतरण गरेका थिए।
‘ल्यारी पेज न्यूजिल्यान्डमा प्रवेश गरेपछि उहाँको आवेदन प्रक्रियाका लागि अघि बढ्यो र गत फेब्रुअरी ४ मा अनुमोदन पनि भयो’, न्यूजिल्यान्डको अद्यागमन विभागको विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २४ श्रावण २०७८, आईतवार